भारतिय सेनामा कार्यरत नरेश बोहोराको राष्ट्रियताको गीत सुर्य खड्काको स्वरमा

0
shares

by Krishna KC | Updated: 19 Nov 2019

126 views
-भारतिय सेनामा कार्यरत नरेश बोहोराको राष्ट्रियताको गीत सुर्य खड्काको स्वरमा

तिलक बोहरा/काठमाण्डौ

बिगत देखि नै भारतीय पक्षले सिमाना पेलेका कारण नेपाली जनताको रगत उम्लिरहेको नै हो। ऐले आएर भारतीय नक्सामा नै नेपाली भूमी देखाउनु झनै आपत्तिजनक कुरा हो। पछिल्लो राजनैतिक अस्थिरताले युवाहरु विदेश पलायन हुने कारण पनि देश कमजोर हुँदैछ।

बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती माया र मोह हुन्छ भन्ने कुरा नेपालीहरूले आ-आफ्नो ठाउंबाट कुनै न कुनै माध्ययमबाट ब्यक्त राष्ट्रियताको लागि प्रदर्शन गरेका छन्। सबैलाई अबगत नै छ कि पछिल्लो पटक भारतले नेपाली भुमी अतिक्रमण गरेर नक्सा निकालेको कुरा।

यही कुराले बिर गोर्खालीको रगत उम्लिएको छ। आफ्नो जननीको रक्षाका लागि ज्यान दिन र ज्यान लिन पनि तयार भइरहेका छन उनीहरु। खुलेआम हातहतियार सहितका भारतिय सेना र पुलिसहरूको अगाडी डटेर आफ्नो भुमी छोड्न दवाव दिईरहेका छन।

यही क्रममा भारतिय सेनामा कार्यरत रहेर पनि मातृभुमीमा भारतले गीद्दे नजर लगाएको सहन नसकी सर्जक नरेश बोहोराले खुकुरीले टाउको छिनाएको र गोर्खालीको छोरो भनि संसार भर चिनाएको कुरा भारतिय पक्षले नभुल्न भनेका छन्। यदि कालापानी, लिपुलेक नछोडे त्यही हबिगत भोग्न तयार हुन आग्रह गर्दै गीत मार्फत आगो बालेका छन। गीतलाई जापानमा रहेर नेपाली गीत-संगीतलाई माया गर्दै समसामयीक बिषय बस्तुका गीत गाउंदै धेरैको मन जित्न सफल स्वरका धनी गायक सुर्य खड्काले उक्त गीतलाई अत्यन्त उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन।