-सांकेतिक तस्विर

नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोज्न  ९ सदस्यीय उपसमिति गठन

Hollywood Khabar March 20,2019 Comments

७ फागुन, काठमाडौं।सरकारले नागरिकता विधेयकमा राष्ट्रिय सहमति खोजि प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति जुटाउन ९ सदस्यीय उपसमिति गठन गरेको छ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहाय यादव, लक्ष्मी परियार, मीना पाण्डे, राजकिशोर यादव र प्रेम सुवाल रहेको उपसमिति गठन गरेको हो।

राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकतामा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने मुख्य विवाद छ । त्यस्तै खारेजी भएको नागरिकता प्रचलनमा ल्याए कति सजाय गर्ने भन्ने विषयमा पनि विवाद छ ।