-मुगुको छायाँनाथ रारा नगरपालिकाको छैटौ नगर सभा

नगरसभामै ढुंगा हानाहान !

Hollywood Khabar January 13,2020 Comments

१माघ,मुगु।मुगुको छायाँनाथ रारा नगरपालिकाको छैटौ नगर सभा चलिरहँदा ढुंगामुडा प्रहार भएको छ ।सोमबार नगरसभा चलिरहँदा हलबाहिर नेकपा समर्थक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुंगामुढा गरेका हुन् ।नगर प्रमुख हरिजंग शाहीले  कृषि कार्यालयको हलमा भएको नगरपालिकाको छैटौ नगरसभामा केही प्रस्ताव र निर्णयहरु बहुमतका आधारमा पारित भएपछि हलभित्र असन्तुष्ट सदस्यहरुले होहल्ला गरेपछि हल बाहिर रहेका नेकपा सर्मथक जिल्ला स्तरका नेता कार्यकर्ताहरुले ढुंगा मुढा गरेको बताए । 

ढुंगामुढाले कृषि हलका झ्यालका सिसा र ढोका तोडफोड भएका छन् । बाहिर ढुंगामुढा र भित्र हो–हल्ला हुँदा हल भित्र असन्तुष्ट सदस्यहरु वडा नं ५ का वडा अध्यक्ष डम्बर रावल, कार्यपालिका सदस्य रत्न बढुवाल र सर्मथक सदस्यहरु सुवास बुढा, परेगराज चौलागाई, कर्ण रावललाई सामान्य चोट लागेको छ ।नेकपा सर्मथक जिल्ला स्तरका नेताहरुले नगरप्रमुखले आफ्ना सदस्यहरुलाई लोभ लालचमा फसाएर सधै बहुमत जुटाउने र लामो छलफलै नगराएर आफु अनुकुलको निर्णय गर्ने गरेकाले आफुहरु बाध्य भएर विरोधमा उत्रेको  बताएका छन् ।