को हुन्छ त मिस्टर एन्ड मिस थारु ?

Hollywood Khabar December 13,2017 Comments

अहिले थारु समुदायमा मिस्टर एन्ड मिस थारुको चर्चा परिचर्चा छ। सकारात्मक-नकारात्मक दुबै किसिमका कुराले ठाउँ पाएकोछ।
यसो त कलासंस्कृतिले धनी यो समुदायलाई लक्षित गर्ने कुनै पनि सौन्दर्य प्रतियोगिताहरु हुदैनन नभन्न पनि सकिन्न। अन्ततः नेक्स्ट इभेन्ट्को सहकार्यमा थरुहत ड्टकम अन्लाईन मिडियाले यो प्रतियोता गरिछाड्यो। जे होस, आफुलाई चिनाउने गतिलो प्लेटफर्मको रुपमा लिएर प्रतिस्प्रधिहरुमा भने उत्साह देखिन्छ।
बर्दियाकी सम्झना चौधरी कुशल समाजसेवी बन्न चाहन्छिन। यस प्रतियोगिता बाट रंगिन अनुभव लिइ उनि आफ्नो स्वाभिमान र हौसला लाई दृढ़ बनाउन चहन्छिन।
सानै देखि ग्ल्यामरस दुनियामा रमाउन चाहने शुभम चौधरी फेसन डिजाइनमा स्नातकोत्तर गर्दैछ्न। उनि विभिन्न कार्यक्रमहरुमा नृत्य गरेर एक कलाकारको पहिचान समेत बनाइसकेका छन। यस प्रतियोता बाट उनि  आफ्नो कला र संस्कृतीलाई सबैसामु चिनाउने धोको केही हदसम्म पूरा हुने बिश्वास राख्छन।
रेबिका चौधरी पनि फेसन डिजाइनरका बिद्यार्थी हुन। आफ्नो परम्परागत पोशाक लाई फेसन दुनियामा चिनाउने उद्देश्य बोकेकी उनी प्रतियोगिताको प्रशिक्षणले आफ्नो ब्याक्तित्वमा निकै परिवर्तन आएको बताउछिन।
सर्लाहीकी रिन्कु पजियार नाच्नमा खप्पिस छिन। उनी यस प्रतियोगिताले आफ्नो क्षमता र प्रतिभामा अझ निखार आउने बिश्वास गर्छिन ।
नेपालगन्जका किश्मत सिंह चौधरी मेलाम्ची खानेपानीमा इन्जिनियरिङ काम गर्छन। उनि तालिम पस्चात अब जो कोहिको अगाडी आफु र आफ्नो थारु समुदायको पहिचान बारे खुलेर कुरा गर्न  सक्ने बताउछन् ।
इटहरीका सागर बिश्वासको रुचि समाजसेवी र व्यवसायी हो । उनी मिस्टर थारु भएर आफुलाई चिनाउन चाहन्छन ।
सबि चौधरी आफ्नो स्वार्थलाई त्यागेर निस्वार्थ रूपमा समाजसेवा गर्न चाहन्छिन। आफुमा भएको कमिकमजोरी पहिचान गरि असल कामगरेर उनी समाजको उदाहरणिय ब्यक्ति बन्न चाहन्छिन।
रोशनी चौधरी भन्छिन "आफ्नो पहिचान झल्काउन अन्य सौन्दर्य प्रतियोगितामा सहभागी हुन जरुरी छैन, यसको लागि मिस्टर एन्ड मिस थारुनै राम्रो प्लेटफर्म हो।" रेडियोलोजिस्ट बन्ने लक्ष्य रहेको उनी यस प्रतियोगिताले आफुमा सकारात्मक परिवर्तन आएको बताउछिन।
आयोजका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा  पौष ३ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुदैछ।