Suresh Godar Thapa

भ्रमलाई चिर्न सांसदहरूले कस्ता-कस्ता कदम चाल्छन हेर्न बाँकि नै छ

Hollywood Khabar July 26,2018 Comments

सुरेश गोदार थापा/ललितपुर
चुनावमा चरम आवाजले विकास र शान्तिको  विगुल भुकेका माननीय सांसद र नेताहरु साउने झरिमा मस्तले निताएको भान झैं भएको छ।

यतिखेर ललितपुरको सबै जसो भाग हिलाम्मे सडक त्यसमाथि पनि लगातार पानी परेकाले सर्वसाधारण जनताले भोग्नु परेको पीडा भव्य महल र कपासै कपासको सिरकमा झरिको मजा लिएका नेता र सांसदले भने बुझ्न सकेका छैन ।

सायदै दैनिक जीवनयापन गर्ने र रोजिरोटिको खोजिमा हिलाम्मे सडकमा डुबिरहेका गोडा पटपट चिरिएको किसानका कुरकुच्चाको पीडा ती नेता र सांसदलाई के थाहा ? यति हुँदा पनि किसान र सर्वसाधरण भने आफ्नो काम र कर्तव्य भने नभुलिकन लगातार मिहिनेत गर्न पछाडि परेका छैनन्। तर कतिले नेता र सांसदलाई हदै शब्द प्रयोग गरी भन्न सम्म गालि पनि गर्छन र पनि यी गालिका शब्द जतिनै भए पनि नेताका लागि पचिसकेका छन्।  सांच्चिकै मन र मस्तिष्कमा राखेर सडकमा आएर हेर्ने हो भने पीडाका भाव धेरै झल्किन्छन।

विकास र  समृद्धिको कसम खाएका नेता सांसद र मन्त्री बने पछि सबै भुल्दछन। कसले सुन्छ र कसले समाधान गर्छ यो भयावह। सडक आफैं बोल्दैन तर सडक काँक्राको चिरा चिरा पारे झैँ चिरिएका छन्। खाल्डा-खुल्डीले गर्दा त झन दिनानुदिन दुर्घटनामा भइरहेको छ।

माननीयज्यू हिजो यही सडकलाई विकास गर्छु भनी जनतामाथि खाएको कसम अागामी चुनावमा पनि फेरि यही सडकलाई विकास गर्ने खोक्रो नारा ल्याउने भनी निदाइराख्नु त भाको छैन ? निदाइरहेको आभास भइरहेको यो भ्रमलाई चिर्न सांसदहरूले कस्ता-कस्ता कदम चाल्छन यो भने हेर्न बाँकि नै छ।