-तस्विर वेब

मोटर ग्यारेजमा आगलागी:२ वटा बस जलेर नष्ट

Hollywood Khabar May 13,2019 Comments

१ जेठ नेपालगन्ज।नेपालगन्ज उपमहानगरपालिका ४ मा रहेको एक मोटर ग्यारेजमा आगलागी हुँदा २ वटा बस जलेर नष्ट भएका छन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकाटाका अनुसार मंगलबार बिहान सवा ११ बजेतिर नेपालगन्ज बसपार्कबाट बाईपास हुँदै कारकाँदोचोक निस्कने बाटोमा कृष्णबहादुर पुनले सञ्चालन गरेको सो ग्यारेजमा वेल्डिङ्ग गर्दा आगलागी भएको हो।

आगलागीबाट ना ४ ख ७०२४, ना ५ ख २४६५ जलेर पूर्ण रुपमा नष्ट भएका छन्। २ वटा बसमा भने आंशिक रुपले क्षति पुगेको नायव उपरीक्षक प्रकाश सापकाटाले बताए।प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नेपालगन्ज उप–महानगरपालिकाको दमकलको प्रयासबाट करिव १ घण्टाभित्र आगो नियन्त्रणमा लिन सफल भएको थियो।