-कोरोनाको संक्रमण बढेपछि १४ जिल्लाका बिधालय बन्द गर्न स्वास्थ्यमन्त्रालयको आग्रह

कोरोनाको संक्रमण बढेपछि १४ जिल्लाका बिधालय बन्द गर्न स्वास्थ्यमन्त्रालयको आग्रह

Hollywood Khabar April 14,2021 Comments

नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण व्हात्तै बढेर गएपछि स्वास्थ्य मन्त्रालयले १४ वटा जिल्लाका बिधालयहरु बन्द गर्न आग्रह गरेको छ।

बैसाख २, २०७८ का दिन स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेपछि काठमाण्डौ उपत्यकासहित १४ वटा जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको छ। १४ जिल्लाहरुमा कास्की, रुपन्देही, मोरङ, दाङ, सुर्खेत, बारा, चितवन, बाँके, पर्सा, कैलाली, बागलुङ, काठमाण्डौ, भक्तपुर, ललितपुर रहेका छन्।

त्यसैगरी सिनेमा हल, नाचघर, पार्टी प्यालेस, सपिङ मल, हेल्थ क्लब, स्वीमिङ पुल लगायतका सेवाहरु संचालन नगर्न त्यस्ता ठाउँमा सहभागी नहुन आग्रह गरेको छ। त्यस्तै जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि अपील गरेको छ।