-राती ९ बजेपछि रात्रीकालिन ब्यबसाय बन्द राख्न सरकारी निर्देशन

राती ९ बजेपछि रात्रीकालिन ब्यबसाय बन्द राख्न सरकारी निर्देशन

Hollywood Khabar April 06,2021 Comments

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अप्रिल ७, २०२१ बुधबार एक निर्देशन जारी गर्दै राती ९ बजेपछि देशभरका सम्पूर्ण रात्रीकालिन ब्यबसाय बन्द गर्न भनेको छ।

कोभिड १९ को संक्रमण बढेका कारण निर्देशनमा देशभर रात्रीकालिन व्यवसाय तथा फुड सर्भिसेस राती ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी १० बुँदे निर्देशन विज्ञप्ति जारी गर्दै राती ९ बजेपछिका व्यवसाय, रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो।

जारी विज्ञप्तीमा घरबाहिर तथा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न, काठमाडौं, पोखरालगायत ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमणदर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न र सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि निर्देशन दिएको छ।