-मिल्न पनि तयार भिड्न पनि तयार, अध्यक्ष पन्त र पूर्व उपाध्यक्ष आचार्य

मिल्न पनि तयार भिड्न पनि तयार, अध्यक्ष पन्त र पूर्व उपाध्यक्ष आचार्य

Hollywood Khabar February 26,2021 Comments

हलिउडखबर, पर्वत, फेब्रवरी २६, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले पर्वत जिल्लाको धाईरिडस्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयको कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघका बिचार राख्नु भएको छ।

फेब्रवरी २६, शुक्रबार आयोजित उक्त कार्यक्रम पूर्व उपाध्यक्ष तथा २०१९ को निर्वाचनमा अध्यक्ष कुमार पन्तका प्रतिस्पर्धी कुल आचार्यद्वारा सपोर्ट गरिएको पर्वत जिल्लाको धाईरिड कृष्ण भवन धर्म माध्यमिक विद्यालयको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उहाँले सो संघ र आफ्ना बिचार राख्नु भएको छ। कार्यक्रममा अध्यक्ष पन्तलाइ पर्वतेलीहरुले बाजागाजाका साथ टाढाबाट भब्य स्वागत र सम्मान गर्दै लागेका थिए।

संघको नेतृव कसले लिने भन्ने छान्ने प्रक्रिया चुनाव हो त्यसबाट आफूहरु टाढा नरहेको कुरा अध्यक्ष पन्तले बताउनु भयो। यसलाई जीवन मरणको रुपमा नहेर्न उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा कुल आचार्यले चुनाव भन्दा पनि संघको महत्व धेरै रहेको कुरा राख्दै अध्यक्ष पन्तलाइ स्वागत गर्नुभएको थियो।

कुल आचार्यका आफ्नै पिताले शुरूवात गरेको श्री कृष्ण भवन धर्म माध्यमिक विद्यालय धाईरिडंमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथीको रूपमा संघका अध्यक्ष कुमार पन्त र वर्तमान सल्लाहकार पूर्व उपाध्यक्ष कुल आचार्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। साथै कार्यक्रममा एनआरएनए उपाध्यक्ष अर्जुन श्रेष्ठ, मध्येपूर्व र युरोपका क्षेत्रीय उपसंयोजकहरु मनोज गोर्खाली, कृष्ण तिमल्सिना, धर्मराज गिरी, आइसीसी सदस्य चिन्तामणि सापकोटा, धर्मराज गिरी लगायत उपस्थित हुनुहुन्थ्यो।