जनरल एसेम्वलीको एएपीआई ककसमा भण्डारी

मेरिल्याण्ड जनरल एसेम्वलीको एएपीआई ककसमा भण्डारी निर्वाचित

Hollywood Khabar February 01,2019 Comments

एनापोलिस , फ्रेब्रुअरी १

मेरिल्याण्डको जनरल एसेम्वलीमा निर्वाचित एशियन मूलका विधायक तथा सिनेटरहरुको समूह एएपीआईले शुक्रवार विधिवतरुपमा पूर्णता पाएको छ ।

सिनटेर सुजन लिको अध्यक्षतामा रहेको एशियन अमेरिकन प्यासिफिक आईल्याण्डर्सको ककस समूहको पहिलो उपाध्यक्षमा क्रिसेला भाल्डारामा ,यसै गरी उपाध्यक्षमा क्लारेन्स लामलाई निर्वाचित गरेको छ । अध्यक्षमा निर्वाचित भएकी लि मेरिल्याण्डको जनरल हाउसमा सन् २००२ देखि निर्वाचित भएकीछन भने अहिले मेजरीटी व्हिपको रुपमा सिनेटमा काम गर्छिन । उक्त ककस सन् २०१५ देखि क्रियाशील रहेको छ । अहिले मेरिल्याण्ड जनरल एसेम्वलीमा रहेका पाँच मुख्य ककश मध्ये एएपिआईको ककस महत्वपूर्ण मानिन्छ ।

लामले साउथ एशियन मूलका जे जेलेसीलाई फराकिलो मत अन्तरले हराएका थिए । लाम मेरिल्याण्ड जनरल एसेम्वलीमा सिनेटरको रुपमा कार्यरत छन भने उनी जन हपकिन्स अस्पतालको कार्यकारी निर्देशकको रुपमा समेत काम गर्छन् । उनी अमेरिकाको पेन्सल भेनियामा जन्मिएका चिनियाँ मूलका हुन् ।

एएपिआईको टेजररमा हयारी भण्डारी र नीति निर्माण तहमा ओनेका फिसरलाई निर्वाचित गरेका छन् । भण्डारी मेरिल्याण्ड जनरल एसेम्वलीमा पहिलो पटक निर्वाचित भएर उक्त ककस समूहको महत्वपूर्ण पदमा निर्वाचित भएका हुन् । पहिलो कार्यकालमा नै ककसमा महत्वपूर्ण जिम्मेवारी पाउनेमा भण्डारी सानो सूचीको विधायकमा पर्छन् । संयुक्त सदन को कमिटिमा रहेका सदस्यहरुको वीचमा भएको यो निर्वाचनमा भण्डारीले आफूलाई नेतृत्व पंक्तिमा उभ्याउन सफल भएका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दे लिले एएपिआई सँग चासो रहेका विभिन्न मुद्दाहरुमा ककसले काम गर्ने जानकारी दिईन, उनले यस्ता कार्यक्रमहरुमा डाका ( वाल्य अवस्थामा अमेरिकामा आएकाहरुको लागि प्रदान गरिएको आप्रवासन सुविधा) , यूभिषाको प्रक्रिया लगायत विभिन्न विषयहरु रहेको समेत वताईन ।

कार्यक्रममा मेरिल्याण्ड राज्यकी टेजरर न्यासी कोपले विभिन्न आर्थिक तथा वित्तीय विषयमा डेलिगेट तथा सिनेटरहरुलाई जानकारी गराएकी थिईन् ।

यसै गरि ककस समूहले आगामी मार्च १२ तारिखमा लेजिसलेटिभ ककस नाईट को आयोजना गर्ने भएको छ । कार्यक्रममा एएपिआई ककसका कार्यकारी निर्देशक माईकल लोरेले आगामी कार्ययोजनाको वारेमा जानकारी गराएका थिए । एएपीआई ककसमा भारतीय मूलका पहिलो निर्वाचित प्रतिनिधी कुमार वारवे मार्क एस चाङ्ग,डेभिड मून लगायतका सिनेटर तथा डेलिगेटहरु रहेका छन् ।