साङ्केतिक तस्बिर ;साभार वेब

मेयर र वडाध्यक्ष बिच हानाहान, मेयरको टाउको फुट्यो

Hollywood Khabar June 16,2019 Comments

३ असार,काठमाडौँ।रामेछापको मन्थली नगरपालिकाका मेयर र वडाध्यक्षबिच कुटाकुट भएको छ।मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेत र वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर कार्कीबिच कार्यपालिकाको वैठकमै हानाहान चलेको हो ।

कार्यपालिका वैठकमा छलफलको क्रममा विवाद उत्पन्न भएपछि वडाध्यक्ष कार्कीले मेयरमाथि प्रहार गरेका थिए।वडाध्यक्षको प्रहारले मेयरको टाउकोमा चोट लागेको छ । झगडा भएपछि प्रहरीको टोली परिचालन गरि साम्य पारिएको छ।

घटनापछि नगरपालिकाले केही समयमा पत्रकार सम्मेलनको तयारी गरेको छ। पत्रकार सम्मेलनमा नै सबै कुराको कारण सार्वजनिक हुने मन्थली नगरपालिकाका प्रवक्ता दिपक प्रसाद सुवेदीले बताएका छन् ।