-मार्कण्डेय पुराण, अग्नि पुराण र वामन पुराणकाे लाेकार्पण

मार्कण्डेय, अग्नि र वामन पुराणकाे लाेकार्पण न्यूयोर्कमा हुँदै

Hollywood Khabar October 31,2019 Comments

जयतु संस्कृतम् शाखा अमेरिका तथा विश्व अध्यात्म केन्द्रकाे आयाेजनामा मार्कण्डेय पुराण, अग्नि पुराण र वामन पुराणकाे लाेकार्पण हुने भएको छ।

राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राईकाे प्रमुख आतिथ्य, पूर्व मन्त्री एवं नेका केन्द्रीय सदस्य नवीन्द्रराज जाेशी तथा महावाणिज्यदूत पुष्पराज भट्टराईकाे विशेष आतिथ्यमा सो लोकार्पण हुन लागेको हो।

जयतु संस्कृतम् नेपालका अध्यक्ष डा बद्री पोख्रेलद्वारा नेपालीमा अनुवादित मार्कण्डेय पुराण, अग्नि पुराण र वामन पुराणकाे लाेकार्पण समाराेहमा उपस्थित भइदिनुहुन आयोजकहरुले सादर अनुरोध गरेका छन।

मिति : नाेभेम्बर ८ शुक्रवार, २०१९

समय : बेलुकी ६ बजे

स्थान : थकाली किचेन

74-14 37th Ave

Jackson hight

New York .

पीपलमणि सिग्देल

संयाेजक

विश्व अध्यात्म केन्द्र

718-285-1866