-ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन

मंगलबजार-लगनखेलका फुटपाथ पसल हटाउँदै महानगर

Hollywood Khabar March 18,2019 Comments

ललितपुर/मार्च १९, २०१९

ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथ पसलहरु हटाउने भएको छ ।
ललितपुर महानगरपालिकामा भएको छलफलले फुटपाथ पसल हटाउन काम थाल्ने निर्णय गरेको हो ।
फुटपाथ पसलले दमकल, एम्बुलेन्सको आवतजावतमा असर परेको, वटुवाले हिड्दा सास्ती भोगेकाले महानगरले यस्तो निर्णय गरेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले फुटपाथ पसलहरुका करण विश्व सम्पदा सूचीमा रहेको पाटन दरवार क्षेत्रमा आउने पर्यटकहरुमा समेत नकरात्मक असर परेको वताए । मेयर महर्जनले भने, फुटपाथ पसलका कारण महानगरको सौन्दर्यमा समेत ह्रास आएको छ । एम्बुलेन्स, दमकल समेत छिर्न पाउँदैन। ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीय टोल सुधार समितिको समन्वय र सहकार्यमा महानगरले मंगलबारबाटै यो काम सुरु गर्न थाल्ने उनले बताए ।

नगर प्रहरीले फुटपाथ पसल हटाउनका लागि माइकिङ गर्नेछ। सोही अनुसार चैत ७ गतेदेखि त्यस क्षेत्रमा पसल नराख्न आव्हान गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टराईले बताए। उनले भने,फुटपाथ हटाउन र ट्राफिक व्यवस्थापन गर्नका लागि महानगर सम्पूर्ण काम गर्न तयार छ।