-शुक्रबार मनाङमा अवतरण गरिएको समिट एअर

मनाङमा हप्ताको एक दिन उडान हुने 

Hollywood Khabar September 12,2019 Comments

२८ ,भाद्र,पोखरा।समुन्दी सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा  रहेको हिमाल पारिको जिल्ला मनाङमा हप्ताको एक दिन उडान हुने भएको छ।२०७० मा मनाङको हुम्देस्थित विमानस्थल कालोपत्रे भएपछि पनि नियमित उडान हुन नसकेको हुम्दे विमानस्थलमा पक्की रनवे बनेको ६ वर्षपछि गण्डकी प्रदेश सरकारले पोखरा-मनाङ जहाज संचालन गर्न पहल गरेको हो।पोखरा—मनाङ नियमित उडान गर्न सकरात्मक सन्देश दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित १५ जनाको टोली शुक्रबार समिट एयरको जहाजबाट पोखराबाट मनाङको हुम्दे विमानस्थल  पुगेर फर्केका छन्।

समिट एयर पोखराका म्यानेजर पोषण मणि त्रिपाठीले मनाङको हुम्दे विमानस्थल भौगोलिक अवस्थितीले उडानकालागि त्यती सजिलो नभएपनि हप्तामा एक दिन पोखरा-मनाङ उडान भर्ने तयारी गरिएको जान कारी दिए। हुम्देविमानस्थल २०३९ असोजमा सञ्चालनमा आएको थियो।