रीता संजेल/ललितपुर/११/६/१८
जब म खुशी खोज्न एकसाथको सुनौलो र शितल बिहानीको झुल्के घाममा बगैचा बिच उभिएँ। त्यहाँ वरिपरि नियाल्न सकेजती सबै मनै मनको बगैंचामा खुशीले अलमलिए झैं लाग्थे। केहि थाहा पाएर हो कि नपाएर हो हामी लोभ्याइलो मुस्कानका भावहरु आँखाले साटिरहेका थियौं।
बगैंचामा मेरो उपस्थिति कतिलाई निको कतिलाई न निको लाग्दै थियो मलाई यो सब मतलब नै भएन। मेरा छरिएका झुठा मुस्कान मसिना साँघुरा आखा पापी चञ्चले हातले एक एक गर्दै प्रकृतिको काखमा रमाइ रमाइ उभिएका ती शुन्दर फुलहरुलाई निमोठेर उसैको शरीर र उसका आफन्तबाट बिस्तार खेल्दै खेल्दै छुट्टाउन थाले।
सबै फुलहरु हावाको इशारामा नाच्दै घामलाई जिस्काउदै आपसमा कानेखुसी गर्दै खुशी खुशी मलाई आफ्नो घाटी तेर्साएर जिस्काइरहे। ल लैजा मेरो जिन्दगी तेरो स्वार्थ पुरा गर्न उपहार भनेझैं गरे। म पनि खेलाइ खेलाइ खुशी हुँदै पालैपालो सबैलाई निमोठिरहें आफ्नो इच्छाले आफ्नै फुर्सद्ले। मेरा हात पाउ कापेथे, गलेथे यसो गर्दै गर्दा। तर मैले केहि वास्तै गरिनँ।
ती फुलहरुले जीवन रक्षाको लागी कति चिच्याए पुकारे अनुरोध गरे आलाप विलाप गरे होलान् सुन्दै सुनिनँ। मैले न त्यो वृद्ध फक्रेकाको सुने न यौवनमा रमेकाको सुने न ती कलिला कोपिलाको नै। यति मात्रले कहाँ भयो र। डालीमा ल्याएर भुइँमा पछारें। त्यतिले मात्र भएन । मेरा रहर पुरा हुने प्रक्रिया लामो छ।
अनि पालैपालो तिखो सियोले सबैको शरीर च्वासच्वास्ति घोच्न थाले। खै! के जाँगर चलथ्यो के खुशी मिल्थ्यो मलाई यसो गर्दै गर्दा। त्यतिले मात्र अझै भएन। धागोमा झुण्डाएर टाँगिदिएँ। सजाउने नाममा जता जता मन लाग्छ उतै उतै।
अझै यतिले मात्र भयो र त्यसको सुन्दरतामा रम्न भनेर मरिसकेका ती फुलहरुलाई चिसो पानी छर्कें आफ्नो खुशिको लागी। अझै हेरेर दङ्ग परेर हेर मेरो सिप कति सुन्दर भन्दै रहें। यो सबै हुदा पनि उनीहरु हाँसी हाँसी मेरै वरिपरि रहेर ओल्टिपल्टी गर्दै रहिरहे। मलाई केहि वास्तै भएन।
आफ्ना रहर पुरा गर्न, सजिन सजाउन शुन्दर देखिन, खुशी हुनकै लागि म हत्यारा बनें, पापी बनें। पश्चातापमा माफी महसुस गर्ने सम्म सोचिनँ। थाहा छ उनीहरु यसरी प्राण त्याग गरेर, सुकेर पनि अर्को वर्ष नयाँ जीवन दिन तयार छ्न। अनि अवश्य आउछ्न् पनि। तर म एउटा जिउँदो सबै भन्दा चेतनशील प्राणी एक पटक जन्मंछु अर्को जीवन दिन सक्दिन तर पनि कति निष्ठूरी छु।
अझै, म फेरि अर्को वर्ष पनि यसैगरी हत्यारा हुँदै-हुँदै आफ्नो स्वार्थमा आफ्ना काम भन्दै यस्तै कार्य दोहोर्याउन बाहेक अरू केहि गर्दिन। अरु त अरु, माफी माग्ने सम्म सोच्दिन । उनीहरु हाँसिहाँसी फाँसी चढ्छ्न, हामी हाँसिहाँसी फाँसी चढाउँछौँ। त्यसैले त म जहिले खुशीका लागि तड्पिन्छु, छट्पटाउछु अनेकौं कोशिश गर्छु तर मिल्दैन ।
थाहा छ, ती सिया धागा यसरी कसैलाई चसचस घोचेर फाँसी झुन्ड्याउन कुनै हालतमा तयार पारिएका होइनन्। कसैको फाटेको फोटो र च्यातीएको चोलीको टालटुल गरेर इज्जत बचाउनका लागि बनाइएका हुन। अनि म कसैको गला खेलिखेली निमोठेर जीवन समाप्त पार्न जन्मिएको पनि हैन। तर भैदियो यस्तै।
मलाई त मेरै नजरले मेरै रहरले चाहनाले मनले कर्मले पापी निष्ठुरी कठोर हत्यारा बनायो। जब यो सबै बुझें बुझ्दा केहि ढिलो भए पनि बाँकी ठिक गर्न धेरै बाँकी नै थियो। सबै यो मनले र मनपर्नाले भएका हुन भन्ने लागेपछि मैले मनपराउने तरिका अलि बदलिएको छ। ती कोमल पवित्र प्रकृतिका हर सृष्टि हर शुन्दरता नियाल्ने मनले महसुस गर्ने छुने खेल्ने रम्ने रमाउने शैलीमा फरकपन छाएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...