-तस्विर वेव

मलेसिया जाने कामदारले श्रम स्वीकृति पाए 

Hollywood Khabar September 14,2019 Comments

२९ भदौ, काठमाडौं ।सरकारले मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन थालेको  छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले आइतबार देखि नेपालबाट नयाँ कामदार शून्य लागतमा मलेसिया पठाईएको बताए। १५ महिनादेखि बन्द मलेसियाको रोजगारी नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिवस्तरीय प्राविधिक समितिमा भएको सहमतिअनुसार अब कामदार मलेसिया जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने  मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने छ ।

मलेसियाका रोजगारी खुलाउने निर्णय गरेर टोली फर्किएसँगै दुई देशबीच ११ कात्तिकमा भएको श्रम समझदारी कार्यान्वयनमा आएको हो ।मलेसियसँग सेक्युरेटी गार्डको हकमा पनि त्यही समझदारी लागू हुनेछ ।तत्कालका लागि ३६ वटा पुरानै संस्थामार्फत नै मेडिकल गरेर कामदार लैजान सुरु गरिनेछ ।नेपाल सरकारले मलेसिया खुलाउने गरी नयाँ कामदारको स्वास्थ्य जाँच गर्ने १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरेको छ । बाँकी ८६ संस्थामा मलेसियाले अनुगमन गरेर आगामी नोभेम्बरबाट नयाँलाई स्वीकृति प्रदान गर्न सुरु गर्नेछ ।