-NRNA NCC USA:महेश कुमार मल्ल उपाध्यक्षकाउम्मेदवार

NRNA NCC USA:महेश कुमार मल्लले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गरे

Hollywood Khabar April 17,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१८/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा महेश कुमार मल्लले उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेको बताएका छन्।

न्यूयोर्क निवासी महेश कुमार मल्लले आफ्नो उम्मेद्धारी दर्ता गरको कुरा हलिउडखबरसँग बताएका हुन्। मल्ल यो पटक सबै भन्दा दरिला उपाध्यक्षका उम्मेद्धार मध्येका मानिएका छन।

मल्ल हितैसी अमर तामाङले मल्लबारे यसरी लेखेका छन् :

नमस्कार सम्पूर्ण अमेरिका निवासी नेपाली दाज़ु भाई तथा दिदी बहिनीहरू,

बिगत एक दशक देखी नेपाली समाजमा सकृय रुपमा कृयाशिल हुँदै बिभिन्न्न मानबिय कार्यमा हातोमालो गर्दै र नेपाली समाजमा सुख दु:खमा साथ दिने दूरदर्शी, अब्बल, इमान्दार तपाई हाम्रै चिरपरिचित समाजसेबी ब्यक्ति मेरा परम मित्र महेश मल्लजीलाई यही आउदो एनआरएन अमेरिकाका आसन्न निर्वाचनमा क्षेत्रीय उपसभापति पदमा निर्बाचित गरिदिनु हुन सम्पूर्ण अमेरिकामा रहनु हुने नेपाली दाज़ु भाई दिदी बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु।