-महेश खड्काको संयोजनमा नुवाकोटका रमेश सुनारलाइ ३०१४ डलर सहयोग संकलन

महेश खड्काको संयोजनमा नुवाकोटका रमेश सुनारलाइ ३०१४ डलर सहयोग संकलन

Hollywood Khabar April 07,2021 Comments

धन्याबाद ज्ञापन!

नुवाकोटका मृगौला रोगी रमेश सुनारलाइ $३०१४ डलर सहयोग संकलन गरि पठाएको कुरा संयोजन गर्ने महेश खड्काले हलिउडखबरलाइ जानकारी दिए।

नुवाकोट जिल्लाको बिदुर-३, खड्गभन्ज्याङ्ग निवासी श्याम सुनारका छोरा, रमेश सुनारको बिगत १५ महिना देखि दुबै मृगौलाले काम नगर्ने भएको छ। हाल उनि बिरअस्पतालमा गराइरहेका छन्। पारिबारिक श्रोत अनुसार उपचारमा धेरै खर्च भैसकेको छ। बुबा आमा बुढा-बुढी अनि भएको एउटा भाइ पनि रोगी। परिवारको आर्थिक अवस्था कम्जोर र भएको जति खर्च भैसक्यो।

उनलाइ उनकै आमाले मृगौला दिने हुनुभएको छ। तर मृगौला ट्रान्सप्लान्टको लागी लगभग नेपाली १२/१५ लाख खर्च लाग्ने अस्पतालले बताएको छ। उनको निम्न आर्थिक अवस्थाको कारणले गर्दा अमेरिका बस्ने दाजुभाई एबं दिदीबहिनीहरु मिलेर सकेको सहयोग रकम उठाई दिनको लागी महेश खड्कालाई अनुरोध गरेका थिए।

त्यसै अनुरुप खड्काले एउटा ग्रुप बनाएर अपिल गरे अनुरूप जम्मा भएको $३०१४ नेपाली रुपैया ३५५१७५ (३ लाख पचपन्न हजार एकसय पचहत्तर) उठेको र सो रकम आज बिरामीको परिवारलाई पठाइएको जानकारी प्राप्त भएको छ। सहयोग गर्नुहुने सबैलाई खड्काले धन्यवाद ज्ञापन गरेका छन्।