महामण्डलेश्वर हेमानन्द गिरी

महामण्डलेश्वर हेमानन्द गिरी शंकराचार्य ज्योतिष्पीठमा प्रतिस्पर्धी

Hollywood Khabar January 22,2018 Comments

कृष्ण के सी/अमेरिका
नाम मात्र सुन्ने हो भने एउटा पुरुषको जस्तो लाग्ने महामण्डलेश्वर हेमानन्द गिरी सर्वोच्च धर्मगुरु ज्योतिष्पीठको शंकराचार्यका लागि अन्तिम छनोटमा प्रतिस्पर्धी हुनुहुन्छ। उसो त महामण्डलेश्वर हेमानन्द गिरीको पहिलो पहिचान भनेको नेपालको झापाको पनि गौरीगंज हो, अझै भन्नुपर्दा नेपाली हो। हिन्दूहरुका सर्वोच्च धर्मगुरु शंकराचार्यको हजार वर्षको इतिहासमै हालसम्म कोही पनि महिला प्रमुख आचार्य भएका छैनन। पहिलो कुरा त महिलाको निवेदन लिने या नलिने भन्ने विवाद थियो। तर त्यो कुरा अन्त्य भएर हाल छनोटको अन्तिम टुंगोमा पुगेको छ। त्यसमा पनि नेपालका आचार्य त भएकै छैनन्।
एउटा सामान्य परिवारबाट आफ्नो जीवनको बाल्यकाल देखि नै धार्मीक, सामाजिक क्षेत्रमा तल्लिन व्यक्तित्व हो महामण्डलेश्वर हेमानन्द गिरी। उसो त उहाँले थुप्रै धार्मीक पद धारण गर्नुभएको छ। त्यसमा पनि अब भने सर्वोच्च शंकराचार्यका लागि प्रतिस्पर्धी हुनुहुन्छ। २०० जना धार्मीक गुरुहरुबाट छनोट हुँदै अन्तिम चारजनामा एक रहनुभएकी हुनुहुन्छ उहाँ। भारतको उत्तराखण्डमा रहेको शंकराचार्य ज्योतिष्पीठको नेतृत्व गर्ने अन्तिम चरणमा पुगेकी उहाँ नेपाली माता रहेको थाहा पाएपछि संसारभरिका नेपालीहरुले खुसी ब्यक्त गरेका छन्।
आदि शंकराचार्यद्वारा आठौं शताब्दिमा स्थापित ज्योतिष्पीठको प्रमुख आचार्यका बारे विवाद आएपछि भारतीय अदालतले नै सो छनोट गर्न धार्मीक रुपमा सो गर्दै आएको विधिलाई नै जिम्मा दिएको थियो। धार्मीक विस्तार गर्ने क्रममा चार पीठ मध्य यो ज्योतिष्पीठले उत्तरखण्ड हेर्दछ। उत्तर खण्डमा नेपाल समेत पर्ने हुनाले पनि ज्योतिष्पीठाधीष महामण्डलेश्वर हेमानन्द गिरी महाराज शंकराचार्यको पदका लागि अन्तिम चारजनाको छनौटमा परेको, त्यसमा पनि महिला अनि नेपालकी महिला प्रतिस्पर्धी भएको खवरले सनसनी नै मच्चिएको छ।
औपचारिक रुपमा नेपालबाट स्नातक तहको अध्ययन पूरा गर्नुभएकी महामण्डलेश्वर हेमानन्द गिरीको धेरै समय भारतमै वितेको छ। भारतका दर्जनौ संचार गृह र मिडियाहरुले पनि महामण्डलेश्वर हेमानन्द गिरीबारे विशेष रुपले समाचार सम्प्रेषण गरेका छन्। लगभग आधा शताब्दी पारे गर्नुभएकी महामण्डलेश्वर हेमानन्द गिरी सबैभन्दा कम उमेरकी प्रतिस्पर्धी हुनुहुन्छ। उहाँले हालसम्म भएका चारमात्र पीठबाट पाँचौं पीठ पशुपतिनाथलाइ बनाउनुपर्छ भन्नुभएको छ। उसै पनि बनारसका प्रमुख मिडियाहरुले पनि महामण्डलेश्वर हेमानन्द गिरी नयाँ शंकराचार्यहरुको प्रतिस्पर्धामा सबैभन्दा सशक्त भनेर उदृत गरेका छन्। यदी उहाँ सो पदका लागि विजयी हुनुभयो भने त्यो आजीवन या त्याग नगरे सम्मका लागि हुनेछ। इतिहासमा अर्को एउटा सुन्दर पाटो थपिनेछ।