४ असोज राजविराज।युवती ठानेर ७० वर्षीया वृद्धालाई बलात्कार गरी फरार रहेका अभियुक्त भदौ १९ गते पक्राउ परि हाल सप्तरीको राजविराज कारागारमा थुनामा छन् । अत्यधिक मदिराको नशामा युवती ठानेर वृद्धालाई बलात्कार गरेको अभियुक्तले स्विकारेका हुन् । गत साल असोज १६ गते घरका सबैजना मेला हेर्न गएका बेला वृद्धा माथि बलात्कार भएको थियो । सप्तरीको खडक नगरपालिका–८ मुसहर्नियाका ४० वर्षीय रोहित सदा बलात्कारको कसुरमा पक्राउ परि थुनामा रहेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका–३ घर भएकी पीडित दुई महिनादेखि भाइको घरमा बस्दै आएकी थिइन् । बलात्कार घटना लगत्तै फरार भएका अभियुक्त काठमाडौंमा मजदुरी गर्दै बसेका थिए । पीडितका भाइले मिलापत्र गरी मुद्दा टुंग्याउने आश्वासन दिएपछि सदा भदौममा घर फर्केका थिए । उनलाई प्रहरीले भदौ १९ गते पक्राउ गरेको थियो ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!