गीत-संगीतमा निरन्तर लागिरहने मीठो स्वरकी धनि लोक गायीकाको नाम हो मधु क्षेत्री। क्षेत्रीले यस पटक भिन्नै खाले मौलिक तीज गीत सार्वजनिक गरेकी छन्। खेम सेन्चुरीको लय मधु सुदन डागीको शब्दमा गायीका क्षेत्रीले आवाज दिएकी छन्।
त्यसैगरी प्रकाश भट्टको भिडियो निर्देशन रहेको छ, राजेस घिमिरेले छायांकन गरेका छन भने विष्णु शर्माको सम्पादन रहेको। गीतमा करिश्मा ढकाल र रितु तामाङको अभिनय रहेको छ। वनवे फिल्मस प्रा लि ले बजार ब्यबस्थापन गरेको छ।