-LOVE भन्दै नेपालमा विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस मनाइयो

LOVE भन्दै नेपालमा विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस ८ मे २०१९ मनाइयो

Hollywood Khabar May 07,2019 Comments

काठमाडौं/५/८/२०१९

विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस मे ८ मा पर्दछ। रेडक्रसका संस्थापक जँ हेनरी ड्युनाको १९१ औं जन्म दिवस। यसै अवसरमा विश्व स्तरमा मनाइदै आएको विश्व रेडक्रस दिवस, मई ८ नेपालमा पनि मानविय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न “Love” भन्ने नाराका साथ देशभरि विविध गतिविधिको आयोजना गरी मनाईंदैछ ।

विश्वका जुनसुकै ठाउँमा रहेर रेडक्रसका १ करोड १७ लाख स्वयंसेवकहरुले पु¥याइ आएकोे विविध मानवीय सेवालाई स्मरण गर्ने र उनीहरुको साहस बढाउने अवसरको रूपमा लिइएको यस दिवसमा नेपाल रेडक्रस सोसाइटी पनि ऐक्यवद्धता जनाउँदछ।

यस अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । जिल्ला जिल्लामा कार्यक्रमहरु आयोजना भइरहेका छन् । नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल अफिस प्रमुख जुजा किम र रेडक्रसको अन्तर्राष्ट्रिय समितिका समन्वय प्रमुख प्रमेश पौडेलले संयुक्त रुपमा रेडक्रस झण्डाको आज विहान झण्डोत्तोलन गरी कार्यक्रम सुभारम्भ गर्नुभएको थियो।

नेपालका दुर दराजका दुर्गम गाउँदेखि आधुनिक समुदायसम्म नेपाल रेडक्रसका स्वयं सेवकहरुले सेवा दिँदै आएका छन्” नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले भन्नुभयो “हामी स्थानीय आवश्यकताका आधारमा सेवा दिन्छौं र स्थानीय परिवेशका आधारमा दिइने सेवाका कारण पनि रेडक्रस विश्वमा परिचित छ । अहिले नेपाल रेडक्रसमाथि परेको समस्यामा नेपाल रेडक्रसका स्वयंसेवकहरु एक भई माया वाँडेर, सद्भाव बढाएर समाधान गर्नेछौँ र आजको दिनले हामीलाई यही सन्देश दिन्छ।

आफ्नो समय र विशेषज्ञताका साथ देशभरि सेवा पु¥याउने हाम्रा स्वयंसेकहरुलाई एकै स्वरमा धन्यवाद दिन र माया वढाउन आज अन्तर्राष्ट्रिय रेडक्रस अभियानका निकायहरु एकै ठाउँमा छौं-नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भन्नुभयो ।

नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचारलगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्य प्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशीकरणजस्ता क्षेत्रमा सञ्चालित सेवा र विकासमूलक गतिविधिहरू मार्फत हरेक वर्ष करिव २५ लाख मानिस समक्ष पुगिरहेको जानकारी दिनुभयो।पौडेलले भन्नुभयो-विकास तथा सेवामूलक गतिविधिहरुले जनतालाई विपद् पूर्वतयारी, विपत्तिको सामना र पुनर्लाभ प्राप्त गर्न सहयोग पुगेको छ ।

कार्यक्रममा रेडक्रसका सात आधारभूत सिद्धान्तहरुको पाठ आइसीआरसीका समन्वय प्रमुख प्रमेश पौडेलले गराउनुभएको थियो । साझेदार राष्ट्रिय सोसाइटीका तर्फबाट जापान रेडक्रस सोसाइटीका प्रतिनिधि काजियो Kazuyo Igarashi ले सुभेच्छा प्रकट गर्नुभयो । रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ नेपाल प्रमुख जुजा किम Juja Kim ले नेपालमा रेडक्रसको काम राम्रोसँग अघि वढाउन सधैँ सहयोग गर्ने बताउनुभयो । यस पटक रेडक्रसका अन्तर्राष्ट्रिय महासंघको स्थापनाको १०० वर्ष पनि मनाइरहेको उहाँले जानकारी गराउनुभयो ।

रेडक्रस अभियानले हरेक वर्ष विश्वभरि सशस्त्र संघर्ष, प्राकृतिक प्रकोप र अन्य आकस्मिक परिस्थितिमा दशौं लाख प्रभावित जनतालाई सेवा पु¥याइरहेको छ ।

१९० देशका राष्ट्रिय सोसाइटीमा आवद्ध विविध प्रकारका स्वयंसेवकहरु, रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले जीवन रक्षार्थ प्रदान गर्ने सेवा पनि विविध छन्। स्थानीय स्तरका गतिविधिहरु सञ्चालनका लागि आईसीआरसी र आईएफआरसीका साथै विश्वभरिरहेका साझेदार भगिनी राष्ट्रिय सोसाइटीहरु र स्थानीय साझेदारहरुको सहयोग रहन्छ ।

विश्व रेडक्रस तथा रेडक्रिसेण्ट दिवस– ८ मई को सन्देश दिने फोटो तथा प्रभावका कथाहरु देशभरका स्वयंसेवक तथा कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत् #Love राखी पोष्ट गर्ने अभियान पनि आजै सुरु गरिएको छ । फोटो र कथा मार्फत् पनि मानवीय सन्देश फैलाउन र प्रेममय भावना विकास गर्न सवै रेडक्रसकर्मी र रेडक्रसकर्मीहरुलाई आव्हान गरिएको छ ।