-सांसद महेश बस्नेत

लोकसेवा आयोगको विज्ञापन रोक्नु गलत हो -सांसद बस्नेत 

Hollywood Khabar June 11,2019 Comments

२९ जेठ काठमाडौं।सांसद महेश बस्नेतले लोकसेवा आयोगको विज्ञापन रोक्ने कार्य संघीयता विरोधी र गलत भएको बताएका छन्।बुधबार संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री एवम् सांसद बस्नेतले लोकसेवा आयोगको विज्ञापन रोक्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन प्रति आपत्ति जनाउदै ७५३ स्थानिय तहका  ९ हजार भन्दा बढी कर्मचारी नहुनु संघीयता विरोधी भएको भन्दै विज्ञापन रोक्ने निर्देशन संघीयता विरोधी भएको बताएका हुन्।

सांसद बस्नेतले ९ हजार भन्दा बढीलाई रोजगारी दिने गरि ल्याइएको लोकसेवा आयोगको बिज्ञापन अहिले रोक्न नहुने भन्दै प्रदेश लोक सेवा आयोग बनेपछि यसलाई क्षतिपूर्ति दिएर विन विनको वातावरण बनाउन सकिने बताएका हुन्।आयोगको बिज्ञापन रोक्नुलाई आरक्षणका पक्षधरले  ठिक भनेपनि संघियता पक्षधरले संघीयता विरोधी कार्य भनेको भन्दै सांसद बस्नेतले कतिपय निर्णय विषयबस्तुको गहिराइमा नगई चर्चामा आउने काम मात्र भएको भन्दै यस्तो नगर्न पनि समितिहरुलाई आग्रह गरेका छन्।