-बिहारबाट फर्केका गोदावरी ५ का ३ जनालाई कोभिड १९ नेगेटिभ, सेल्फ क्वारेण्टिनमा राखियो

बिहारबाट फर्केका गोदावरी ५ का ३ जनालाई कोभिड १९ नेगेटिभ, सेल्फ क्वारेण्टिनमा राखियो

Hollywood Khabar June 02,2020 Comments

सन्तोष दाहाल/ललितपुर

एक हप्ताअघि भारतको बिहारबाट आएका गोदावरी नगरपालिका ५ लेलेका ३ जनालाई स्वास्थ्य परीक्षण गरी सेल्फ क्वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य परीक्षणको क्रममा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरिएको वडा नं ५ का वडाध्यक्ष तथा गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिएका छन्।

उनीहरुलाई सीमा क्षेत्रदेखि नै उद्दार गरी ल्याएर सिधै वडाबाट स्थापित क्वारेन्टाईनमा राखी कोरोना परिक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएपछि वडा कार्यालयकै निगरानीमा सेल्फ क्वारेन्टाईनमा घर पठाईएको सिलवालले बताए।

बैदेशिक रोजगारीको रुपमा भारत पुगेका उनीहरु विश्वमा बढ्दै गईरहेको कोरोना संक्रमणका कारणले भारतमा लकडाउन थप लम्बिएपछि नेपाल फिरेका हुन्। उनीहरुलाई वडा कार्यालयको पहलमा सवारीको समेत व्यवस्था मिलाई बोर्डरबाट सिधै वडाको क्वारेन्टाईनमा ल्याईएको हो ।

उनीहरुलाई केही दिनदेखि लेले प्राथमिक स्वास्थ्य चौकीमा वडाले स्थापना गरेको क्वारेन्टाईनमा राखिएकोमा गत सोमबार कोरोना नभएको रिपोर्ट आएपछि उनीहरु वडाको क्वारेन्टाईनबाट विदा भई आफ्नो घरमै क्वारेन्टाईनमा रहने गरी पठाईएको वडा अध्यक्ष सिलवालको भनाई छ।