तस्बिर साभार वेब

काठमाण्डौमा बिजुलीका तार जमिन मुनी बिछ्याउने काम सुरु

Hollywood Khabar February 15,2020 Comments

५ फागुन काठमाण्डौ।काठमाण्डौमा बिजुलीका तार जमिन मुनी बिछ्याउने काम सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जबाट तार भूमिगत गर्ने कामको सुरुवात गर्नुभएको हो ।पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको तार भूमिगत गरिनेछ।

तारको कारण सहर कुरुप बन्दै गएको र जोखिम पनि बढेकाले तारलाई जमिन मुनी बिछ्याउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनु भयो।यी दुईवटा बितरण केन्द्रको तार ३२ महिनामा भूमिगत गरिसक्नेगरी भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिएको छ।दुईवटा वितरण केन्द्र अन्तर्गतका ९० हजार ग्राहकको घरसम्मको तार भूमिगत गरिसकेपछि अरु ठाउँमा पनि काम थाल्ने प्राधिकरणले जनाएको छ ।तार भूमिगत गर्दा सडक धेरै नखनिने र खनेको १० दिनभित्र पहिलेकै जस्तो बनाइसक्नेगरी सडक विभाग र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।