-Ghanashyam Shrestha

मृतक नबराजको आमाको मनमा सायद यस्तै कुरा खेल्दो होला

Hollywood Khabar June 01,2020 Comments

-काल्पनिक शब्दहरुलाई समेटेर तयार भएको-कविता

तिम्रो त के गयो र,

जान त मेरै गयो नि हैन र ?

दश धारा दुध खुवाउन्दै, जन्माई हुर्काएको,

सित्तै गयो, छोरा मैले, तँलाई जन्माएको !

 

गल्ति ठुलै गरिछस तैले, दलित भै जन्मिएर,

आफु भन्दा ठुलो, जात संग, पिरती लगाएर !

के थाहा तैले हाम्लाई, यति छिट्टै, छाडी जान्छस भनेर,

नत्र बाँधी राख्थे तँलाई, नाम्लाले कसेर !!

 

तँ तँ गइस गइस, छोडिस हाम्लाई रुवाएर,

लागिस हैन, सबको मुहारको, हाँसो पनि पखालेर !

माया गरिस, प्रेम गरिस अनि बिश्वास गरिस

बिर्सिस हैन आखिर, हाम्लाई पनि, त्यहि प्रेम को खातिर !!

 

जन्मेस है छोरा, अर्को जुनी, ठुलो जातको भएर,

खुशी बनेस, सुखी बनेस, नगरेस माया प्रेम त्यो भुलेर !

गर्नै परे पनि, गरेस् तैले, गरिब अनि तल्लो जात छानेर,

साँचो गरेस् माया, ईश्वर कै, बरदान जानेर !!

 

न कमाएस हात तैले, सिउँदो उनको भर्दा,

न हटेस, पछि कैले, बिरोध मा समाज नै अगाडी बढ्दा !

आशिष छ छोरा तँलाई, अर्को जुनी लिनु फेरि,

माया गरेस् तर, न बिर्सेस, जात के हो, सोध्न फेरि !!

 

हताएस भेदभाब छुवाछुतको, ठुलै छ यसको राज,

नत्र, मारिने छस् उस्तै गरि, हुनेछस फेरि सर्बनास !

सक्छस भने, हे नबराज !, जन्मेस एकपटक,

अनि, छताछुल्ल पारेस्, जातभात र, छुवाछुतको चटक !!

 

अति भो, अब त, कैले, छोरी मारिए त, कैले छोरा,

सधै अघि, आउँछ उही, जात भात र विभेद का कुरा !

सक्छौ भने आऊ, काटेर देखाऊ आफुलाई, तिम्रो रगतको जात,

नत्र, के कुरा गर्छौ, ए नामर्द हरु हो ! यहाँ, नारी र पुरुष बाहेक छ र कुन जात ??