-NRNA NCC अमेरिकाको २०१९-२०२१ निर्वाचनमा उपाध्यक्ष उम्मेदवार कृष्ण जिवी पन्थ

NRNA NCC USA:क्यालिफोर्नियामा आउने, भेटघाट र कुरा पनि राख्नुछ, उपाध्यक्षका उम्मेदवार पन्थ

Hollywood Khabar April 09,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा कृष्ण जिवी पन्थले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा धेरै पहिला नै गरेका हुन्।

यसपाली सान फ्रान्सिस्कोमा आयोजित उम्मेदवारहरुको प्रस्तुति र अध्यक्षका उम्मेदवारहरुको डिबेटमा आउने मात्र होइन थुप्रै साथीहरु पनि भेट्नु छ भन्छन पन्थ। यो पटक आफ्ना कुराहरु राख्ने, भेटघाट गर्ने थुप्रै कुराछन पन्थले भने।

पन्थ यो पटकका उपाध्यक्षका उम्मेदवारहरु मध्ये सबैभन्दा बलिया मानिएका छन्। उनको डिसी मेट्रो क्षेत्रमा बलियो मतदाताको पहुँच भएको बताइन्छ। तनहुङ्गेहरुको नेटवर्क र उनका साथीहरुले पन्थको लागि छुट्टै अभियान नै गर्दै हरेक मेजर सिटीहरुमा सदस्यता बन्न बनाउने सपोर्ट गरेका थिए। सान फ्रान्सिस्को र एलएमा पनि पन्थको राम्रो मत छ, उनका एकजना सपोर्टरले भने।

पन्थ डिसी महानगर क्षेत्रमा ब्यबसाय गर्दै आएका सरल स्वभावका व्यक्ति हुन्। नेपालीहरुका विभिन्न संघ-संस्थाहरुमा नजिक रहेका पन्थ गैरआवासीय नेपाली संघको अभियानमा पनि उत्तिकै रुपमा सकृय छन्।

लगभग गत ४/५ महिना देखि निर्वाचनमा आकांक्षी हुन् कसरत गरेका पन्थले आफ्नो क्षेत्रमा घर-दैलो नै गरेर सदस्य बन्न प्रेरित र सहयोग गरेका थिए। पन्थका आफन्त, साथी र सपोर्टहरुले अमेरिकाको थुप्रै शहरहरुमा उनको सपोर्टमा सदस्यहरु बन्न प्रेरित गरेको र बनाएको खबर प्राप्त भएको छ।

पन्थले स्थानिय हिन्दु-बुद्ध मन्दिर निर्माणमा ठूलो सहयोग गरेका थिए र हाल उनी सो मन्दिरका ट्रष्टी समेत हुन्। त्यसैगरी अर्को उत्कृष्ट योगदान पन्थले बाल्टिमोरको सामाजिक सँस्था जसलाई छोटकरिमा बाना भनेर चिनिन्छ त्यसको सामुदायिक भवन बनाउन समेत सहयोग गरेका थिए। पन्थ बानाको सामुदायिक भवनको समेत ट्रष्टी हुन्।

यति मात्र होइन पन्थले हरेक पटक नेपाल जाँदा तनहुँ, भक्तपुर लगायतका क्षेत्रमा बिधालय र बृद्धाश्रमहरुलाई सहयोग समेत गर्दै आएका छन्।

त्यो भन्दा पनि ठूलो कुरा पन्थले नेपालीहरुलाई इण्टर्प्रेनरको रुपमा अगाडी बढ्न पनि सहयोग गर्दै आएका छन। दर्जन भन्दा धेरै व्यक्तिहरु उनको व्यवसायमा सामान्य रोजगारीबाट प्रवेस गरेर पार्टनर सम्म भैसकेका छन्। उनले सामान्य र थोरै लगानीमा पनि पार्टनर बनाएर उनीहरुको मनोबल बढाउंदै लागेका छन्।

अर्को गुण भनेको नेपाली समुदायबीच मत-मतान्तर र विभाजन हुँदा सहजकर्ताका रुपमा पनि लिने गरिएको छ। समाज मिलाउन र जोडेर लैजाने कार्यमा कृष्ण जिवी पन्थ एउटा असल नमुना मानिन्छन।

पन्थको घोषणाको पहिलो समाचार लिंक हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/krishna-jibi-vpcandidate