कोरोना गजल

0
shares

by Soni Sharma | Updated: 24 Mar 2020

351 views
लेखक अभिमन्यु दिपक

दुनियाँमा त्राहीमाम फैलाउने कोरोना यो कहर भयो ।
लापर्वाहिले नजानिदों त्रासदीपूर्ण मृत्युको लहर भयो ।।

न त देखिन्छ,न त भेटिन्छ,न त गोली ठोक्नु यसलाई,
कोरोना यो दुनियालाई अदृश्य कालकुट जहर भयो ।

तिमी त्रसित म त्रसित आफै जोगिनुको विकल्प छैन,
न ओखती छ यसको,जहाँ जाउँ कोरोनाकै डर भयो ।

आफ्नै घरमा बसीबसी रोग भगाउँ भन्ने अभियानमा ,
कोरोनाकै त्रासले त्रासदीपूर्ण हरदिन हर प्रहर भयो ।

घरभित्रै क्वारेन्टाईन र आईसोलेसनमा सब रहुँ भन्छु,
एउटै त्रास कोरोनाको वस्ती वस्ती गाउँ शहर भयो ।