https://www.youtube.com/embed/uF9XJU8Py58

नेपाली मूभी कोहलपुर एक्सप्रेसको चर्चित गीत सिओेडब्लु काउ

Hollywood Khabar January 24,2018 Comments

राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको सिओेडब्लु काउ गीतमा राजनराजको शब्द र संगीत रहेको छ। लोक, पप र आधुनिक फ्लेवर मिश्रण गरिएको गीतमा राजनराजले केहि नयाँ गर्ने प्रयास गरेको देखिन्छ। सार्वजनिक गरिएको भिडियोमा केकी अधिकारी र रीमा विश्वकर्माको साथमा विनोद न्यौपाने र गम्भीर विष्ट फिचरिङ छन्। केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। बिशाल भण्डारीको निर्देशन रहेको यो नेपाली मूभीमा बैशाख १४ गतेबाट रिलिज हुने भनिएको छ।