-किसान मजदुरको पार्टी भन्ने कम्न्युनिष्ट सरकारले नेपालका उखु किसान मार्न छोडेन

किसान मजदुरको पार्टी भन्ने कम्न्युनिष्ट सरकारले नेपालका उखु किसान मार्न छोडेन

Hollywood Khabar January 18,2021 Comments

कृष्ण के सी, अमेरिका १/१८/२१

नेपालमा किसान र मजदुरको पार्टी भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ। प्रायगरी नेपालका सबैखाले पार्टीका सरकारले उखु किसानलाइ वास्ता गर्दैन। तरपनि तथाकथित नेकपाले आफूलाई किसान र मजदुरको पार्टी भन्छ उसले नै सबैभन्दा बढी उखु किसानलाइ बेवास्ता गरेको छ।

सबैभन्दा धेरै उखु किसानले दुख यहि ओली सरकारको पालामा पाए। पटक पटक संझौता गरेको भनिएको साकारको पछिल्लो संझौता पनि २१ दिन बितेर गयो तर पनि उखु किसनले भुक्तानी पाएनन्। अन्नपूर्णपोष्टले उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायलाइ उदृत गर्दै तोकिएको समयभित्र किसानले भुक्तानी पूर्णरूपमा नभएको बताएको समाचारमा उल्लेख गरेको छ। जम्मा पाउनुपर्ने ६५ करोडमध्ये ४३ करोड मात्रै भुक्तानी पाएका छन्। किसानले २२ करोड पाउन अझै बाँकी छ।

नेकपाको वर्तमान सरकारका प्रधानमान्त्री केपी शर्मा ओलीले चालु संसद बिघटन गरे र निर्वाचनमा जाने निर्णय गरे। सो कदम सर्वोच्चको बिचाराधिनमा छ। तर पनि सो कदमले केहि राजनैतिक पार्टी बाहेक जनमानसमा खासै चासो देखाएको छैन। नेकपा फुटले आपसमा कार्यकर्ता तान्ने लडाइमा छ। प्रमुख प्रतिपक्ष नेपाली कंग्रेस दाउ चुनावमा राखेर कतै झड्केलो सरकारमा पो गइन्छ कि भने कौडाको दाउ हालेर बसेको छ।

एकातिर सर्वोच्चको फैसला मान्छु पनि भन्छ अर्कोतिर सोहि विषमा बेतुकको आन्दोलन पनि गर्दैछ। आफ्नो पार्टीको हैसियत र तयारी भन्दा नेता नै पिच्छे फरक विचार दिएर अलमलमा छ। उखु किसानका कुरा जस्ता बिषय कांग्रेसको प्राथमिकतामा परेका छैनन।