-टिकादत्त बराल

म जत्तिको खुशी कोहि छैन संसारमै ……. 

Hollywood Khabar January 14,2019 Comments

पुर्ख्यौली थातथलो ४ हजारमा बेचेर महोत्तरी भाशिएका टिकादत्त बरालले संसारकै सबैभन्दा खुशी व्यक्ति आफै भएको बताएका छन्।माघ १ गते काठमाण्डौको गोंगबु चोकमा ट्याक्सी चालकको रुपमा भेटिएका बराल संग हलिउड खवरकि नेपाल प्रमुख सोनी शर्माले गरेको  कुराकानी। 

पुर्ख्यौली थातथलो ४ हजारमा किन बेचे त बरालले ? 

भनिन्छ आफु जन्मेको थातथलो स्वर्ग भन्दा पनि प्यारो हुन्छ। तर सिन्धुलीका टिकादत्त बरालले चौबिसै घण्टा जोतिदा पनि हात मुख जोर्न गारो भएपछी पुर्ख्यौली सम्पत्ति जम्मा ४ हजारमा बेचेर महोत्तरी भासिए। त्यहि ४ हजारले महोत्तरी माइस्थान वडा नम्बर ७ चेरुगणन्त भन्ने ठाउँमा दुइ कट्ठा जग्गाका मालिक बने टिकादत्त बराल।बरालले २०५२ सालमा बिहेगरेपछि ५४ सालमा छोरा र ५६ सालमा छोरी जन्मेसंगै पारिवारिक रुपमा सम्पन्न बने बराल। 
परिवार पाल्न काठ देखि बालुवा तस्कर सम्म !
मायालु श्रीमती र दुइ सन्तानका पिता बनेका बरालको परिवारमा साँझ बिहान चुलो बाल्न गाह्रो हुँदै गएको भन्दै बरालले भने “दुइ वर्ष त तस्करको काठ बोक्ने गरे यो काम राम्रो होइन भन्ने थाहा हुँदा हुँदै पनि तस्करीको काठ बोकें अनपढ मान्छे म मेरो अरु उपाय पनि त थिएन।”छोरी जन्मेपछि काठमाडौं आएका बरालले भक्तपुरको मनोहरा खोलाको बालुवा राति राति चोरेर बेच्न थालेको  बताए। छोरा छोरीलाई महिनाको ५० रुपैंयाँ फी तिर्ने गरि नेपाल सेन्टर नाम गरेको स्कुलमा भर्ना गरेका बराल दिउसोमा सिमेन्ट र रातिमा बालुवाकै काम गरिरहे। 

अहिलेसम्मअक्षर नचिनेका बराल कतारमा हेवी डाइभर !

परिवारको मुहारमा खुशी भर्ने र छोराछोरीलाई गतिलो स्कुल पढाउने सपना बुनेर बराल ५ वर्ष कतारमा ड्राइभर बने त्यो पनि हेवी गाडीको,तलव सुक्खा १२ सय कतारी रियाल बुझ्ने गरि।लेख्न पढ्न नआउने बरालले कतारमा बचेको समय भाडा माझ्ने,अरुको घरको काम गर्ने गरेर महिनाको ५० हजार जरिबुटी नरेफाँट डेरा लिएर बस्ने श्रीमतीलाई पठाए। श्रीमतीले पैसा हिनामिना गरिनन् छोराछोरी राम्रो संग पढाउन थालिन्।बराल भन्छन् “चप्पल पड्काउँदै गएको थिएँ पाँच बर्षमा डोरीले बाधेंको सुटकेश बोकेर लाहुरे बनेर फर्के।”  

 नेपालमै ३५ हजार कमाई !

कतारको  लाहुरे जिन्दगी छोडेर नेपाल आएका बरालले १२ बर्ष भयो रे काठमाडौंमा ट्याक्सी चलाउन थालेको। “ट्याक्सी त साहुकै हो दिनको १५ सय साहुलाई बुझाउनु पर्छ अरु त आफ्नै खल्तीमा।”बरालले खुशी हुँदै भने अहिले सम्म घाटा लाग्या छैन साहु तिरेर महिनाको ३५ हजार त सजिलै कमाउँछु।काठमाडौंमा मिटरमा जान नमानेर मनलाग्दी भाडा अशुल्ने ट्याक्सी चालक भन्दा फरक स्वाभाव रहेछ भाडा माग्दा बिचार गरेर दिनुस न भन्ने बानीकै कारण सबैले सोचे भन्दा बढी दिन्छन् भन्दै बरालले भने कत्तिले त खाजै खुवाउछन्।

किन छन् बराल संसारकै खुशी ? 

बरालले दुख गरि पढाएको छोरा विजले स्कुल टप्यो,प्रिमियर कलेज पनि टप्यो।१९ लाख खर्चेर अस्ट्रेलिया पढ्न गएको छोराले होटलमा काम गरि दुइ बर्षमा  ३० लाख पठायो। बराल भन्छन् “छोरा पठाउने ८ लाख त मैले ट्याक्सी चलाएर कमाएको पैसा हो।”त्यति मात्र होइन छोरीले पनि १२ सकेर अस्ट्रेलिया जान ठिक्क छन् रे।छोरी पठाउन १२ लाख छुट्ट्याएको भन्दै बराल भन्छन् “छोरा छोरीमा विभेद गर्दिन।”अहिले पैसा खान लाउन र इजत् कमाएका बरालले आफुले अक्षर नचिने पनि श्रीमतीलाई ३ वर्ष प्रौढ पढ्न पठाएर अक्षर चिनाएका छन्,दुइ चार लाखको कमि पनि छैन ।

हिजो पाएको दुखका दिनले मेहनेत गर्न सिकेको भन्दै अव काम नगर्नु भनेर छोराले भन्दा पनि आफुलाई काम नगरी  बस्न मन नलाग्ने बरालले सुनाए।छोराले काठमाडौमै घर बनाउने पैसा जोहो गरेको भन्दै अस्ट्रेलिया बाट नेपाल फर्केर हामि संगै बस्छु भन्छ अरुका छोराछोरी पलायन भएका छन्।मेरा छोराछोरी सारै असल छन् भन्दै बरालले भने “माया गर्ने श्रीमती असल छोराछोरी पाउने म जत्तिको खुशी कोहि छैन संसारमै।”