-सांकेतिक तस्विर

हावाहुरीले कैलाली र कञ्चनपुरमा लगाइएको केरा खेती सखाप,करोडौंको क्षति 

Hollywood Khabar June 09,2019 Comments

२७ जेठ, कैलाली।हावाहुरीले कैलाली र कञ्चनपुरमा लगाइएको केरा खेती सखाप पारेको छ। हावाहुरीले दुवै जिल्लामा करिब ९५ प्रतिशत केरा खेती नष्ट हुँदा करोडौंको क्षति भएको छ।कैलाली र कञ्चनपुरमा यो वर्ष एक हजार हेक्टरभन्दा बढी जमीनमा केरा खेती गरिएको  र सबै केराका बोट हावाहुरीले सखाप हुँदा ब २०/२१ करोड रुपैयाँ बराबरको नोक्सान भएको कैलाली, कञ्चनपुर केरा कृषक सङ्घर्ष समितिका संयोजक सुरेन्द्र चौधरीले जानकारी दिए ।

टीकापुरको दुई/तीन बिघा जमीनमामात्रै केरा खेती नोक्सान भएपनि कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा व्यापक क्षति भएको छ । गोदावरी नगरपालिका-६ बडेहामा विगत छ वर्षदेखि केरा खेती गर्दै आएका कृषक लक्षिराम आचार्यले १२ बिघा जमीनमा लगाइएको केरा पूर्ण रुपमा नष्ट भएको जनाए ।कतिपय किसानले कृषि बीमा गरेका थिए भने कतिपयको बीमा गरेका थिएनन् । कञ्चनपुरको गुलरिया नगरपालिकास्थित विभिन्न वडामा गरी १०० बिघा जमीनमा केरा खेती हुँदै आएको छ । वडा नम्बर २, ४, ५ र ६ मा लगाइएको केरा खेतीमा बढी नोक्सान भएको जनाइएको छ ।

यसैगरी, कैलालीको बडेहा,गौरीगङ्गा नगरपालिकास्थित मङ्गलपुर र चौमालामा पनि हावाहुरीले केरा खेतीमा नोक्सान गरेको छ । सबैभन्दा बढी कैलालीको टीकापुरमा करिब चार सय बिघा जमीनमा केरा खेती भइरहेको  । यो क्षेत्रमा भने हावाहुरीले धेरै नोक्सान गरेको छैन ।