-काठमाडौं उपत्यकामा अर्को २ हप्ताको लागि लकडाउन

काठमाडौं उपत्यकामा अर्को २ हप्ताको लागि लकडाउन

Hollywood Khabar May 12,2021 Comments

काठमाडौं उपत्यकामा मे १३, २०२१ बिहीबार देखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुने भएका छन्।

नेपाल सरकारको उपत्यकाका तीन जिल्लाहरु क्रमश: काठमाठौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त निर्णयले उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी गरिएको छ। निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला रहने छन्। मानिसका भिडभाड हुने सबै गतिविधिमा भने रोक लगाइएको बताइएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ। विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा उल्ल्केह गरिएको छ।