अभिमन्यू दिपक 

कथा पर्खाई

Hollywood Khabar October 09,2019 Comments

संयोगबस आज उनी मेरो अफिसको चेम्बरमा आईपुगिन्।उनको र मेरो खासै गहिरो चिना जानी थिएन।न त गहिरो दोस्ती केवल हा२ हेलो साथी त्यो पनि एकडेढ महिनदेखि मात्र।ऊ र म आमने सामने भएर बसेका थियौं। उनी वसेको केहि समयमै मैले सोधे चिया कफि या चिसो के लिउँ?उनले कोठै गुञ्जायमान हुनेगरि हाँस्दै भनिन आफु त कालो मान्छे चिया खाए नि कफि खाए नि सेतै खाईन्छ।मैले संगैको रेष्टुरेन्टमा दुई कप मिल्क कफि अर्डर गरें।

त्यसको केहि मिनट पछि उनले कुरा निकालिन् “रिसाउनु हुन्न भने एउटा कुरा सोधुँ है तपाईसित ? ”
“महत्वपूर्ण नै होला यहाँले सोध्ने प्रश्न पक्कै पनि । ढुक्कले सोध्नु भए हुन्छ ।” मैले भने । 
 महत्वपुर्णै हो । तपाईको विवाह भयो ? उनको प्रशन सुनेर एक छिन त अलमल परें ।
यहाँलाई कस्तो जवाफ चाहिएको मेरो विवाह भएको भन्ने या नभएको भन्ने?
तपाईलाई जे उचित लाग्छ त्यहि जवाफ दिनुस सर केवल सोधेको मात्र ।
 हँसिलो मुहार नहाँसी नबोल्ने देख्दाखेरिनै मायालु रुप प्रिती गाँस्न मन लागेर सोध्न मन लाग्या मात्रै हो भन्दै पुन कोठै गुञ्जायमान हुनेगरि हाँसिन ।
तपाईको प्रश्नको जवाफ दिनु भन्दा पहिला तपाईसित एउटा प्रश्न सोध्न सक्छु? मैले सोधें
 अवश्य सक्नु हुन्छ ।उनको उत्तर थियो।बरु हरेक बिवाहित महिलाले सिउँदोमा सिन्दुर र घाँटीमा पोते झुन्ड्याउने गर्छन दुनियाँको आँखा नलागोस भनेर पक्कै पनि तपाईं पनि बिबाहित नै हुनुहुन्छ सिन्दुर पोते नलगाउँदा असजिलो लागेन तपाईलाई ?
 मैले त्यसो भन्न नभ्याउँदै यदि मन बेलगाम घोडा जस्तै जतासुकै दगुरिरहन्छ भने सिउँदोको सिन्दुर र घाँटीको पोतेको कुनै अर्थ हुन्न ? मैले सोधें कसरी अर्थ हुन्न ?
उनी अर्थ्याउँदै थिईन् साँच्चै विवाह गर्नुको मकसद सिन्दुर र पोते मात्रै हुन्थ्यो भने हिजोआज यसरी दिनुहुँ पत्रपत्रिकामा “फलानाकी स्वास्नी पोइल हिँडि भनेर न पढ्नु पर्थ्यो । न फलानाले सौता हाल्यो” भनेको सुन्नु पर्थ्यो । गफ गर्न त निक्कै सिपालु हुनुहुँदो रैछ। मैले नि गुरु बनाउँनु पर्ने भो । होईन नि हजुरको अगाडि हामी कहाँ ।यसो  अलि अलि गफ गरे जस्तो मात्रै गर्या ।
 एउटा उखान सुन्नु भा’को छ ? कस्तो उखान ? भलो मान्छेले र गिलो भातले कहिल्यै बिगार गर्दैन रे ।

ओहो मेरो ४ बजे एक ठाउँमा नपुगी हुदैन भन्दै उनी उठ्न खोजेको मात्र कफि टुप्लुक्क आईपुग्यो ।
दुईटा कुरा नि गर्न नपाईकन र कफि नखाईकन आफूले मात्रै प्रवचन दिएर त कहाँ जान पाईयो र 
काम धाम नै छोडेर नचाहिँदो गफको पछि लाग्ने कुरा पनि त आएन नी ? की आयो ? त्यो त आएन।

 ऊ टाउको कन्याउँदै आफ्नो चेयरमै बसिरह्यो। उनी कफी सकेर उठिन् ।गहिरो दृष्टी म तिर लगाउँदै मुसुक्क हाँसेर कफिको लागि धन्यवाद भन्दै हात हल्लाउँदै ढोकाबाट निस्किन र एकैछिनमा ओझेल भईन्।म भने उनको त्यो सिम्पल चेहेरा निष्कपट हाँसो र उदार दिल खुल्ला दिलकी नलजाईकन बोल्ने मिठासयुक्त बोली निकै बेर त्यो कोठामा गुत्ञ्जीरह्यो।तर अझै मैले बुझ्न सकिरहेको थिईन उनी को थिईन वास्तवमा।म निकैवेर उनकै बारेमा सोचिरहेँ।सोच्दा सोच्दै म कता कता हराएँ ।

त्यसपछि हरेक दिन मलाई एउटा अनौठो तृष्णा जाग्यो उनको सामिप्यताको हर दिन उनलाई हेरेर दृश्यपान गर्ने उत्कट अभिलाषा।उनी मेरो जीवनमा कसरी पदार्पण गरिन मैले पत्तै पाईन।हरेक दिन उनलाई सञ्जालमै सहि उनको मुहार हेर्न म हरपल लालायित हुन्छु।मलाई हरपल उनकै फोन को प्रतिक्षा हुन्छ अनि कहिलेकहि उपत्यका छाडि जाँदा पनि हरपल उनकै आउने दिन औंला भाँचीभाँची दिन गन्दै उनकै पर्खाईमा हुन्छु ।एक दुई दिन उनलाई भेट्न नपाउँदा यो मन आत्तिन्छ ।झन हप्तौं उनलाई नदेख्दा त मन त्यसैत्यसै अतालिन्छ ।उनलाई पर्खने हरे सेकेण्ड घण्टौं भएर मलाई झन अत्याउँछ समयले पनि ।तथापि उनको पर्खाई भने निरन्तर रहिरहन्छ नभेट्दासम्म ।