साङ्केतिक तस्बिर ;साभार वेब

कस्तुरीको बिनासहित दुई पक्राउ

Hollywood Khabar June 16,2019 Comments

२ असार सिराहा।सिरहा नगरपालिका-१६ मा भारतीय मोटरसाइकल प्रयाेग गरी जिल्ला सदरमुकामतर्फ आउँदै गरेका दुई युवकलाई प्रहरीले कस्तुरीको बिनासहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार साँझ करिब ६ बजे विशेष सुचनाका आधारमा खटिएको प्रहरीले ती युवालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिरहा नगरपालिका-१३ का २८ वर्षीय अभासकर कुमार यादव र वडा नम्बर २१ घर भएका कैलाशकुमार यादव रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माडरबाट उत्तरततिर सिरहा सदरमुकाम जाँदै गरेका ना २२ प ८००४ नम्बरको बिअार ७ जेड ३३२० गरी दुई मोटरसाइकलमा खानतलासी गर्दा कस्तुरीको बिना भेटिएको हो। 

शरीर खानतलासीका क्रममा १२ ग्राम तौलको शङ्कास्पद कस्तुरीको बिना फेला परेपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।