काष्ठमण्डप सान्तारोजा लायन्स र CDRT संस्थाको टोली नेपाल प्रस्थान

Hollywood Khabar September 17,2018 Comments

कृष्ण के सी/अमेरिका
लायन्स क्लब अफ काष्ठमण्डप सान्तारोजा र कम्यूनिटी डिजास्टर रेस्पन्स टीम (CDRT) संस्थाको संयुक्त आर्थिक सपोर्टमा सिन्धुपाल्चोकमा पूर्वस्थापित क्लिनिक उद्घाटन गर्न दुवै संस्थाको संयुक टोली तसतर्फ प्रस्थान गरेको छ।

सेप्टेम्बर १७, २०१८ साँझ सान फ्रान्सिस्को एयरपोर्टमा सो टोलीका सदस्य राजेन्द्र श्रेष्ठले हलिउड खबरसंग प्रोजेक्टबारे छोटो कुराकानी गर्दै कार्यक्रमबारे बताएका हुन्। सो टोली सेप्टेम्बर २४ मा सिन्धुपाल्चोक जिल्लाको, बाह्रबिशे, सानो पलातीस्थित हेल्थ क्लिंनिकको उद्घाटन कार्यक्रममा सभाभागी हुनेछ।

काष्ठमण्डप सान्तारोजा लायन्स र CDRT जी प्रोजेक्ट संझौता अनुसार यो टिमले मासिक ११५० अमेरिकी डलर आर्थिक सपोर्ट गर्नेछ। अक्टुवर २०१९ सम्मका लागि संझौता गरिएको सो प्रोजेक्ट सेवाको प्रभावकारिता अनुसार रिन्यू हुनेछ श्रेष्ठले भने। सो टोलीलाइ सन्निभेल एभरेष्ट लायन्स क्लबका अध्यक्ष मंगल तामांगले बिधाइ गरेका हुन्। यो प्रोजेक्टका अर्का ठूला सपोर्टर यज्ञलाल श्रेष्ठ आगामी सेप्टेम्बर २० मा नेपाल जाने कुरा पनि जानकारी गराइयो।