-प्रधानमन्त्री केपी शर्मा ओली

कास्मिरमा भएको आतंकवादी हमलामा प्रधानमन्त्री ओली दुखि   

Hollywood Khabar February 13,2019 Comments

३ फागुन,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु–कास्मिरमा सुरक्षाप्रमुख माथि भएको आतंकवादी हमलाको निन्दागर्दै दुःख व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोनगरि उक्त घटनाले मर्माहित बनाएको भन्दै  दुःख ब्यक्त गर्दै एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको ट्वीट मार्फत जनाएका छन् ।कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काउदा  ४२  भन्दा बढी सुरक्षाकर्मी सुरक्षाकर्मीको ज्यान गएको छ ।