-ज्ञानेन्द्र शाही

राष्ट्रिय युवा संघले ज्ञानेन्द्र शाहीलाई कास्की टेक्न नदिने 

Hollywood Khabar September 14,2019 Comments

२९ भदौ,पोखरा।राष्ट्रिय युवा संघ नेपाल कास्कीले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाउने भएको छ।संघले आइतबार एक विज्ञप्ती जारी गरी  ज्ञानेन्द्र शाहीले पछिल्लो समय नेकपा सरकारको विरुद्धमा   अराजक एवं प्रतिगामी चलखेल प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै शाहीलाई कास्की प्रवेशमा रोक लगाउने जनाएको हो।विज्ञप्तीमा महान जनयुद्ध, जनआन्दोलन लगायत नेपाली जनताको लामो समय पछिको वलिदानपूर्व त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र धर्म निरपक्षता, संघीयता, समावेसिता जस्ता जस्ता महत्वपूर्ण उपलव्धीहरुका विरुद्धमा केही उच्श्रृङखल अराजक एवं प्रतिगामी प्रवित्तिका ब्याक्ति र समुहको अस्वभाविक चलखेल प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भनिएको छ । 

त्यसैगरी संघले फेसवुक, ट्वीटर, युट्युव लगायतका सामाजिक सञ्जालहरुको दुरुपयोग गरी समाजमा भ्रम सिर्जनागर्न खोज्न, द्धन्द्ध सिर्जना गर्न उस्काउनेहरु पछिल्ला उपलव्धि र परिवर्तनको विरोधी तत्वहरुबाट प्रायोजित तथा सञ्चालित भएको आरोप लगाएको छ । पछिल्लो समयमा यस्ता गलत अभियानमा संलग्न ज्ञानेन्द्र बहादुर शाह( ज्ञानेन्द्र शाही) जस्ता कुपात्रहरुलाई गणतान्त्रिक भुमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउदै आम न्यायप्रेमी जनसमुदायमा विधीको शासन पछिल्लो परिवर्तन तथा उपलव्धिको पक्षमा दृढतापूर्वक उभिनु भइ सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौ ।  विज्ञप्तीमा भोजराज पौडेल अध्यक्ष साविकको वाइसिएल नेपाल कास्की र डिल्लीराम सुवेदी साविकको अध्यक्ष युवा संघ नेपालद्धारा हस्ताक्षर गरिएको छ ।