-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई

कामचोर कर्मचारीले  राजिनामा गर नत्र  हटाइदिन्छु -मन्त्री योगेश भट्टराई 

Hollywood Khabar November 19,2019 Comments

४ कात्तिक, काठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएका कर्मचारीलाई तुरुन्त राजिनामा गर्न अग्राह गरेका छन्।बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले राजीनामा दिन अटेरी गरे आफुले हटाइदिने चेतावनी समेत दिएका छन्।मन्त्री भट्टराईले राजनीतिक नियुक्ति लिएर विभिन्न पदमा बसेकाले सन्तोषजनक काम नगरेको भन्दै राजिनामा दिन  आग्रह गरेको बताए ।मन्त्री भट्टराईले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिंदै  काम नगरेपछि हटाउँदा अदालत गएर नरुनु समेत आग्रह गरेका छन्।