-सांकेतिक तस्विर

काकडभिट्टाबाट आएको बस त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु ,२९ जना घाइते

Hollywood Khabar May 17,2019 Comments

५ जेठ, काठमाडौं।काकडभिट्टाबाट काठमाडौं आएको बस धादिङको आदमघाट स्थित त्रिशुली नदीमा खस्दा ५ जनाको ज्यान गएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । एक जना महिला र चार जना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने काठमाण्डाै चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीय सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी र काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदीको  पहिचान खुलेको प्रहरीले जनाएको छ ।

अन्य २ जनाको सनाखत भएको छैन ।आइतबार बिहान झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको मेट्रो बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा सडकबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।