दिपक अभिमन्यू

परीक्षा

Hollywood Khabar August 26,2017 Comments

जीन्दगीले परिक्षा लिईरह्यो
 म सहभागी भईरहेँ 
 कहिले खरोउत्रिए
 कहिले कमजोर 
 मेरो उत्रिर्णतामा 
 सबैले वाह वाह गरे 
 जव म अनुतिर्ण भए 
 मलाई सान्त्वना दिने कोहि भएनन् 
 म निराश र हतास हुन्थे
 मन विचलित हुन खोज्थ्यो 
 त्यो परिस्थितीमा 
 तिमी बाहेक कोहि थिएन 
 मात्र साथमा तिमी थियौ
 दुनिया स्वार्थी छ भन्ने त थाह थियो
 तैपनि मेरो परिक्षाको क्रम रोकीएन
 जिन्दगीले परिक्षा लिईरह्यो
 प्रश्नपत्र बिना नै म परिक्षा दिई रहे 
 मेरो उत्तरको पनि कुनै परिधी थिएन
 कहिले उतिर्ण हुदै गए त कहिले 
 अनुतिर्णको क्रम रोकिएन 
 न त जिन्दगीले परिक्षा लिन छाड्यो 
 न त म परिक्षा दिन छाडेँ 
 जिवन हर क्षण परिक्षा भयो
 म सदा परिक्षार्थी ।