-सन्तोष दाहालसहित ७ सञ्चारकर्मी सम्मानित हुँदै

सन्तोष दाहालसहित ७ सञ्चारकर्मी सम्मानित हुँदै

Hollywood Khabar February 10,2020 Comments

काठमाडौँ/२/११/२०

पुराना कलाकारलाई सम्मान, नयाँलाई प्रोत्साहान भन्ने मुल नाराका साथ ज्योति फिल्मस प्रा लिको आयोजनामा यहीँ फागुन १ गते राष्ट्रिय नाच घरमा ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न हुँदैछ। नेपाल सरकारका सहरी बिकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा एक भब्य कार्यक्रमका बीच ज्योति फिल्मस म्युजिक अवार्ड सम्पन्न हुन लागेको हो।

साथै उक्त अवार्ड कार्यक्रममा ७ जना पत्रकारहरु राजु बोहरा, अरबिन्द्र गौतम, सुमन बैरागि, कृष्ण भट्टराई, सन्तोष दाहाल, शिबराम भण्डारी र वर्षा सिलवाल समेत सम्मानित हुने आयोजकले जनाएको छ। ज्योति फिल्मस म्युजिक प्रालिको दशौ वर्षको अवसरमा प्रथम ज्योति फिल्मस म्युजिक अवार्ड गर्न लागिएको हो।

ज्योति फिल्मस म्युजिक अवार्डको लागि विभिन्न विधामा उत्कृष्ठ ५ मनोनयन सार्वजनिक गरी ४२ विधामा टप ५ भित्र परेका श्रष्ठाहरुलाई प्रमाण पत्र वितरण कार्य सम्पन्न गरि यहीँ आउदो फागुन १ मा उत्कृष्ठ लाई अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ।

उक्त कार्यक्रमा सांगीतिक क्षेत्रका बरिष्ठ व्यक्तित्वहरुको उपस्थिति समेत रहने बताइएको छ । उक्त अवार्ड कार्यक्रम लाई विभिन्न राष्ट्रिय टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण समेत गराइने बताइएको ।