Hollywoodkhabar advertisement

पत्रकार, पत्रुकार र अमेरिकी इमिग्रेशन समाचार आतंक

0
shares

कृष्ण के सी/क्यालिफोर्निया
मीठो शब्दमा झुट्टा बखान लेखेर ज्याला पचाउनु नै मुल र कुल धारका पत्रकारकारिता हो भने पत्रकारिताप्रति मेरो सिकारू बुझाइ गलत रहेछ। नेपाली समाजमा पत्रकारिताको परिभाषा त अनगिन्ति होलान। संभवत नेपालमा जति पत्रकारिता संबन्धि निकाय, पत्रकार र पत्रकारका संस्था संसारमा अन्त कतै छैन होला। मसँग कुनै आंकडा त छैन तर यस्तो लाग्छ कि नेपालको कम्तिमा पनि २/५% जनसंख्या त पत्रकारको बिल्ला भिरेका नै होलान। हरेक पार्टीका पत्रकार र पत्रकार संस्था, हरेक संस्थाका पत्रकार छुट्टै अनि सरकारको पत्रकार संस्था पनि छुट्टै। फेरि तिनको पनि ब्याख्या उपव्याख्या छन्। मुलधारा, उपधार र कुनी कताका धार हुन्। यसै सिल-सिलामा “पत्रुकार” पनि अमेरिकाबाट थपिएको छ।
यो लेखक जन्मले नेपाली र इच्छाले बनेको अमेरिकी नागरिक हो। अमेरिकी नागरिकको लाइनमा उभिदै गर्दा नेपालमा भन्दा केही भिन्न कुरा गर्ने र वुझ्ने, अरुको जस्तै चाहना मेरो पनि हो। मैले नेपालमा रहँदा खासै अभ्यास नगरेको पत्रकारिता अमेरिकामा आएर २००९ देखि प्रयास गरिरहेको छु। तर गर्वका साथ भन्न सक्छु, नेपाल अमेरिका पत्रकार संघका अध्यक्षकै  भन्दा अलिक धेरै पत्रकारिताको अभ्यास गरिरहेको छु भन्ने प्रमाण मसँग छ।
म लगायतका थुप्रै पत्रकार साथीहरुको काधमा चढेर अध्यक्ष हुनुभएका वर्तमान अध्यक्ष अहिले हामीलाई “पत्रकार” र “पत्रुकार” मा वर्गिकृत गर्दै हुनुहुन्छ। अध्यक्षज्यूले पत्रकारिता गरेको इतिहास मलाई थाहा हुनु आवश्यक छैन तर “पत्रुकारिता” चाँहि धुमधामसँग गर्दै हुनुहुन्छ। सर्वसाधारण र अध्यक्षले बोल्ने र प्रस्तुत गर्ने कुरा फरक हुन्छन। राष्ट्रपति ट्रम्पको ट्विटर अफिसियल समाचार हुन्छ। अध्यक्षले सार्वजनिक ठाउँमा गरेको अभिव्यक्ति आधिकारिक मानिन्छ। 
उहाँले एक सार्वजनिक कार्यक्रममा बोल्दै आफुलाई मात्र पत्रकार ठान्ने टेक्सास तिरको एउटा समुहरुलाई नै नेपालतिरका सन्ध्याकालिन पत्रिकाका पत्रकार जस्ता संज्ञा वनाई दिनुभएको छ। विचराहरु चुँ पनि गर्न सकेनन्, ठहरै ! मलाई पनि त्यही भनिठान्नु भएको रहेछ क्यारे।
कुरा उठेपछि जरा सम्म पुग्ने मेरो बानी छ, अब अर्को प्रसङ्ग पनि जोडौ। नेजा अध्यक्षज्यू न्युयोर्कमा रहदा एकजनालाइ पत्रकार नै हैन सन्चारकर्मि मात्र हो भनेर पत्रकार र सन्चारकर्मीको परिभाषा नै गरिदिनु भयो। अनि साथीले त थप कारण सहति नेजाको सदस्यता नै त्यागिदिनु भयो।
हुँदा-हुँदा नेजाको पुर्व अध्यक्ष गौतम दाहाललाई विधानत सल्लाहाकार बनाउनु पर्नेमा छानविन गराएर कारवाही पो गराइदिनु भयो। नेजाका अर्का पुर्व अध्यक्ष  गिरिश पोखरेल र संस्थापक सदस्य लेखनाथ भण्डारी विरुद्ध विष वमन गर्दै निदेशजीसँग मिलेर आर्टिकल लेखाएको हल्ला चलेकै हो।
हुन त नजाने गाउँको बाटो नसोध्नु भन्छन, आफुले NRNA ९ औं क्षेत्रीय सम्मेलनमा नेज अध्यक्षको नेतृत्वमा उपध्रब मच्याए पछि नेजाको साधारण सदस्यता नै औपचारिक रुपमा तत्काल नै त्यागेको हुँ।
तर पनि नेजाको खवर भने आठ-पाँच आउने गर्छ। गएको अधिवेशनको वन्द सत्रमा नै अध्यक्ष आचार्यलाई माफि माग्न लगाइएको भन्ने पनि सुने। अब त कुनै पत्रकार विरुद्ध लेख्ने लेखाउने कदम ठिक भएन भनेर नेजा एजिएममा नै खेद प्रस्ताव पारित भएको छ रे। अध्यक्ष महोदयको यो “पत्रुकार” भन्ने परिभाषा पनि यसैको उपज होला।
हैन अध्यक्षज्यू लाइ अमेरिकाको कानुन, विधिविधान र सच्चा पत्रकारिताको कक्षामा उभ्याउने कसैको तागत नभएकै हो ? संस्थागत मर्यादा र जिम्मेवारिमा नवस्ने त्यो पनि अध्यक्ष अनि संस्था कतिदिन टिक्छ? यो आरोप होइन तपाइँकै कमाइको उपज हो। नपत्याए कम्तिमा १० जना पत्रकारहरुलाई सोधेर हेर्नुस।
अब अध्यक्षज्यू किन खनिदै हो म तिर प्रष्ट भनेर बिट मार्नतिर लाग्छु। एनआरएनको स्मारिका प्रकाशनका नाममा ब्यक्तिगत ढंगले गिद्धे दृष्टि कसको थियो भन्ने कुरा एनआरएनका पदाधिकारिहरुलाई राम्रै  थाहा छ। मलाई होइन एनआरएनका पदाधिकारिहरुसँग सोधेर हेर्नुस, समाचार बनाउने कोही पत्रकारहरु हुनुहुन्छ भने राम्रै समाचार बन्छ।
अब कुरा गरौँ “पत्रुकार” जोडिएको एउटा समाचार जसले इमिग्रेशनका पिटिश्नरमा त्रासदी मच्चायो। कोही पत्रकार साथीले आफ्नो बाजी नमर्दा जे समाचार लेखेर अनर्गल कुरा अमेरिका विरुद्ध फैलाइदिनु भयो त्यो बिरुद्ध सहि लेख्नु एउटा अमेरिकी नागरिकको कर्तब्य हो। मैले त्यो पुरा गरेको छु। मलाइ त्यो लेखेकोमा अव त झनै गौरव छ।
नेपालको चर्चित राष्ट्रिय दैनिक पत्रिकामा लेखिएको समाचारले अमेरिका भित्र लिगल स्टाटसको लडाइमा रहेका थुप्रै ब्यक्तिहरुलाई त्रसित, भ्रमित र आतंकित बनाएको छ। तेती मात्र होइन एक किसिमको सुनामी नै ल्याएको छ।
त्यस पछि सो समाचारलाइ स्पस्ट गर्न वकिलहरुले भनेको कुरा टिपनटापन गरेर लेखेको समाचार मैले सुचित मात्र गरेको हो। त्यो एउटा अमेरिकी नागरिकलाई दिएको कर्तब्य मुताबिक झुटको बिरोधमा सहि प्रमाण दिएको हुँ। यदि त्यो कुरा कसैलाई पच्दैन भने म चुनौत दिन सक्छु कि मैले कुनै झुट लेखेको छैन। सबै कुरा कानुनका जानकारहरुवाट लिएर राखिदिएको हुँ। बरु जसले सुरुमा आतंक मच्चाउने समाचर लेखे तिनले अलिकति पढाइ गर्नु जरुरी होला।
त्यो इमिग्रेशन आतंक मच्चाउने समाचार लेख्ने पत्रकार मित्रले छातिमा हात राखेर भन्नुस, पहिलो पटक अमेरिका छिर्दा तपाईले के के गर्ने प्रयास गर्नुभयो अमेरिकामै भासिन? तपाईलाई कार्यक्रममा बोलाउने मित्रहरुले कति धेरै मेहनत गर्नुप-यो तपाइलाइ नेपाल फर्काउन। नेपाल पुगेर फर्कनुस नत्र संस्थाको साख गिर्छ भन्दा पनि टिकट खर्च डुब्ने भन्दै निम्ता दिनेलाई सताउने को थियो ?
नेपाल फर्किएपछि लेख्नु भयो, अमेरिकामा असाइलम गर्न डिभि परेका केटीसँग विवाह गर्न, एक्स्ट्रा अर्डिनरी फायल गर्न कतिले सुझाव दिए तर पनि म नेपालको मायाले फर्किए भनेर आफैंले लेखेको लेख प्रकासित भएको पत्रिका खोजेर पढ्नुस। तर त्यो सवै झुट या सही अर्कै कुरा। अमेरिमा दोस्रो पटक छिरेर भासिन तपाइको पनि प्रयास त भएकै होला, किनकी तपाइँ यो देशमा जन्मेको र डिभी परेर आएको व्यक्ति दुवै होइन। यहाँ सम्म तपाइँले आफैंले सार्वजनिक गरेको कुरा हो, मैले लेखिदिएँ, उपरान्त अगाडि तपाइँको व्यक्तिगत कुरामा मेरो चासो छैन र हुनु पनि हुँदैन। त्यस वेला यिनै वकिलहरुलाई तपाईले भगवान मान्नु हुन्थ्यो, आज दलाल भन्नुभयो!
थुप्रै पत्रकार लगायतका अरु हाम्रा साथीहरुलाई वकिलहरुले सहयोग गरेको तपाईलाई अहिले मन नपर्नु पर्ने सामान्य होला। लेखन तपाइको स्वतन्त्रता हो, सुचना सबैको अधिकार हो, तर आतंकित बनाउने कुरा लेखेर के नै पाउनु भयो र ? म कान्तिपुर ते के किर्तिपुरको ट्यांगलाफाँटबाट गर्जे पनि मेरो फुलचोकीको चुचुरोबाट त्यहाँ स्थापित शिवजीको त्रिशूल लिएर ओम नम शिवाय प्रार्थना गर्नेछु।
अब कुरा गरौँ पत्रुकारका। त्यो आतंकित पार्ने समाचरलाइ आधार मानेर थप्दै-थप्दै गएर ऐले त केही समाचारमा शरणार्थी नेपाल फर्काउन सुरु भनेर पनि लेख्न थाले। अनि नेजाका अध्यक्ष भोला आचार्यजीले मलाइ त्यो आतंकको यथार्थता बाहिएर ल्याउँदा “पत्रुकार” भन्ने संज्ञा दिनुभयो, आतंक मच्चाउनेलाई “पत्रकार” ?
मलाइ थाहा छ, भुक्नेको गर्दनमा फलामे साङ्घलो हुन्छ, म्याउँ गर्ने खुल्ला हुन्छ र चिँचिँका दुलेराजाहरु बेरोकटोक दौडनछन “क्षणिकका लागि”। त्यस्तै सर्पको निलाईबाट खत्तम हुन लागेका भ्यागुत्ता पनि आफ्नो अगाडिका उड्ने झिंगा खान आँ गर्छन जिन्दगीक लागि, बाँच्नका लागि ! त्यो फरक कुरा हो तर कोही कसैले आफ्नो अमेरिकी सपना बनाउन लाग्दा कसैलाइ किन डाहा हुने ? खुइय गर्नुपर्ने तपाइको सोच र “पत्रुकार” को उपमा पनि तेस्तै हो।
गल्ति सामान्य कुरा हो, सुधार्न सकिन्छ, जब समाचार झुट्टा हुन्छ त्यो नियत हो या खल्ती भरिनुको खुसीयाली या नभरिनुको प्रतिसोधको प्रतिफल हो बिस्तारै सबैले बुझ्ने छन्। दुनियाँलाई आतंकित किन बनाउने? त्यो बापत तपाइलाइ यति धेरै चर्चा भन्ने गौरव होला तर नतिजा फिल्मको भिलेनको मजा जस्तै हो।
अन्तमा, म एकल व्यक्ति माथि किन नेपाल अमेरिका पत्रकार संघ-नेजा पछि परेको छ, त्यो कुरा समय मिलेमा कुनै लेखमा लगौटी खुस्किने गरी खोल्नेछु, आजलाई अस्तु !