-सांकेतिक तस्विर

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,१३ घाइते

Hollywood Khabar July 08,2019 Comments

२५ असार,तानसेन।पाल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।बुटवलबाट पाल्पाको सर्देवातर्फ जाँदै गरेको लु अ अ ब ४१९४ नम्बरको बलेरो जिप रिब्दीकोट गाउँपालिका–३ खस्यौलीमा मंगलवार साँझ दुर्घटना हुँदा रैनादेवी छहरा गाउँपालिका–५ बस्ने ७० वर्षीया हुमादेवी बुढाथोकीको मृत्यु भएको हो।घाइतेको मिसन अस्पताल तानसेनमा उपचार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।