जापान सरकारले बैदेशिक कामदार संबन्धि कानुन खुकुलो पार्ने भएको छ। त्यहाँको सरकारले सो संबन्धि एउटा मस्यौदा पारित गरेको छ। पारित मस्यौदा अनुसार देशमा कामदार अभाव भएका क्षेत्रमा दुइ प्रकारका भिषा प्रदान गरिनेछ।
नयाँ नियम लागु भएपछि निर्माण, सामान्य र उच्च गरि दुइ प्रकारका वर्किङ्ग पर्मिट दिइनेछ। कृषि र स्वास्थ्यसेवाका क्षेत्रमा काम गर्न बैदेशिक श्रमिकहरूले अनुमति पाउनेछन्। अब प्रकृति हेरिकन जापानमा पाँच वर्ष काम गर्नको लागि वर्किङ्ग भिषा दिइनेछ। थप कुरा, केही सीप र जापानी भाषाको ज्ञान पनि भएमा तिनका परिवारले समेत जापानमा बस्न पाउनेछन्।
त्यसबाहेक उच्चस्तरको सीप भएका कामदारलाई दोस्रो प्रकारको पर्मिट दिइनेछ। यस्ता व्यक्तिहरुले जापानको स्थायी बासिन्दा समेत हुन पाउनेछन।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!