-जनसम्पर्क समिति अमेरिकाको बैठक:एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन लगायत बिषयमा निर्णयहरु

जनसम्पर्क समिति अमेरिकाको बैठक:एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन लगायत बिषयमा निर्णयहरु

Hollywood Khabar February 28,2021 Comments

फेब्रुअरी २८, २०२१ का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको बैठक समितिका सभापति धनन्जय नरसिंह केसीको सभापतित्वमा बसी बैठकले देहाय बमोजीम निर्णय गऱ्यो।

१)नेपाली जनसम्पर्क समिति अमेरिका महिला विभागद्वारा यही मार्च ८, २०२१ मा आयोजना गरिएको १११ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गर्न हर तरहले सहयोग गर्ने।

२)नेपाली काँग्रेसका पाँच जिल्ला कार्यसमिति कार्यलयका लागि कम्प्युटर, प्रिन्टरको लागि लाग्ने खर्च र दुई वर्षको इन्टरनेट शुल्क नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय कार्यसमितिले व्यहोर्ने गरी एक महिना भित्र व्यवस्था गर्न देहाय बमोजीमको कार्यदल गठन गर्ने।

  • १)अनन्तराज सुवेदी
  • २)क्रान्ति अर्याल भण्डारी
  • ३)शशीचन्द्र अधिकारी
  • ४)हरिराज खनाल
  • ५)रामबाबु पाण्डे

३) नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री, नेपाल सरकारका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणीय नबिन्द्रराज जोशीज्यू अचानक मष्तिस्कघात भई नर्भिक अस्पतालमा उपचाररत रहनुभएकोमा वहांको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।

४)एनआरएनए अमेरिकाको आसन्न निर्वाचनलाई मध्यनजर गरी उम्मेदवारहरू बीच समझदारी कायम गर्न र हाम्रो तर्फबाट उम्मेदवार तय गर्न सहजीकरण गर्न देहाय बमोजीमको समिति गठन गर्ने।

  • १)धनन्जय नरसिंह केसी
  • २)विष्णु सुवेदी
  • ३)भक्त थापा
  • ४)प्रतीक पाण्डे
  • ५)सुभाष घिमिरे
  • ६)मुक्तिनाथ पन्त
  • ७)खड्ग उप्रेती

५)नेपाली काँग्रेसका नेताहरू स्व मित्रसेन दाहाल, एकनाथ रानाभाट र कुबेर शर्माको निधनमा वहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने।

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

फेब्रवरी २८, २०२१