-पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला

जनसम्पर्क समिति अमेरिकाको १११ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सुजाता कोइराला प्रमुख वक्ता

Hollywood Khabar February 25,2021 Comments

हलिउडखबर, अमेरिका, फेब्रवरी २६, २०२१

महिला दिदीबहिनीहरूमाथि युगौंदेखि चलिआएको चरम विभेद एक्काइसौं शताव्दीमा पनि कायम नै छ। मातृभूनि नेपालमा एकपछि अर्को गर्दै महिला तथा अबोध बालिकाहरूमाथि श्रृंखलाबद्ध रूपमा हृदय विदारक घटनाहरू घटिरहॅंदा हामी फेरि एकपटक अन्तर्राष्ट्रिय महिला दिवस मनाउॅंदैछौं।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकारकी पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी प्रभावशाली नेतृ सुजाता कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका महिला विभागद्वारा आयोजित वर्तमान परिप्रेक्ष्यमा नारी दिवस विषयक यस अन्तरक्रिया कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन सबैमा सविनय अनुरोध गर्दछु।

गीता दवाडी कॅंडेल

संयोजक

केन्द्रीय महिला विभाग

नेपाली जनसम्पर्क समिति अमेरिका

 

मिति: मार्च ९, २०२१

समय:अपरान्ह ४:३० बजे (प्यासिफिक समय), बेलुकी ७:३० बजे (न्यूयोर्क समय), नेपाली समय मार्च १० बिहान ६:३० बजे