Jamuna Gurung, President Candidate NRNA ICC

जमुना गुरुङ्गद्धारा NRNA ICC अध्यक्षमा उम्मेदवारी घोषणा

Hollywood Khabar October 11,2017 Comments

जमुना गुरुङ्गद्धारा NRNA ICC अध्यक्षमा उम्मेदवारी घोषणा
सोनी शर्मा/काठमाण्डौ
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय अधिवेशन काठमाण्डौमा अक्टोवर १४-१७, २०१७ मा हुँदैछ। सो अधिवेशनले २०१७-२०१९ कार्यकालका लागि नयाँ नेतृत्व समेत् निर्वाचित गर्नेछ।
यसै क्रममा संघकी वर्तमान अन्तराष्ट्रिय समन्वय परिषद सदस्य जमुना गुरुङले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ। काठमाण्डौको -याडिशन होटलमा आज अक्टोवर १२, २०१७ मा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रम बोल्दै अध्यक्षकी प्रत्यासी गुरुङले ११ बुंदे उम्मेदवारी घोषणा पत्र प्रस्तुत गर्नुभएको थियो।
नेपालीका लागि नेपाली भन्ने उदेश्यका साथ स्थापना भएको एनआरएनएलाइ सांगाठानिक रुपमा बलियो बनाउन र विश्वमा उदाहरणिय बनाउनका लागि आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको गुरुङले बताउनुभयो। उहाँले आफ्नो बक्तब्यको अन्तमा विश्वभरिका एनआरएनहरुलाई आफुलाई मत दिएर जिताउन समेत अनुरोध गर्नुभयो।
गुरुङले आफु दया र माया भन्दा पनि क्षमताका आधारमा उम्मेदवारको लागि योग्य भएको भन्दै एनआरएनएको नेतृत्व  अब महिलाले लिने समय आएको बताउनुभयो। गुरुङ्गले विश्वभरि छरिएर रहेका एनआरएनहरुको कदर गर्दै आगामी दिन संघलाइ आर्थिक, सामाजिक, सांस्कृतिक यवं कुटनैतिक स्तरमा अगाडि बढाउने भन्दै संस्थाको मार्गदर्शक दृष्टिकोण NRNA Vision 2020 & Beyond लाइ सफल रुपमा कार्यान्वयन गर्ने बताउनुभयो।
कार्यक्रममा संघका अध्यक्ष डा शेष घलेले जमुना घलेको प्रस्तुतिले आफु निक्कै भावुक भएको र आफु पहिलो पटक अध्यक्षको उम्मेदवार हुँदा ९ महिना लगाएर निर्णयमा पुगेको भएता पनि जमुनाले २ दिनको समयलाई लिएर उम्मेदवारका लागि गरेको साहसिक निर्णयको कदर गर्दै जमुना एक उत्कृष्ट अध्यक्ष हुने कुरामा आफु विश्वस्त भएको कुरा बताउनुभयो। एनसीसी अष्ट्रेलियाका अध्यक्ष टोनु घोतानेले स्वागत गर्नुभएको उक्त कार्यक्रममा संघकी अभियन्ता इन्द्रा बान र रन्जु वाग्लेले गुरुङ्गका बारे थप प्रकास पार्नुभएको थियो। पत्रकार तथा संघका अभियन्ता कृष्ण के सीले संचालन गर्नुभएको कार्यक्रममा गुरुङका  समर्थक र प्रसंसकहरु तथा बिभिन्न टेलिभिजन, प्रिन्ट र इन्टरनेट मिडियाका पत्रकारहरुको बाक्लो उपस्थित थियो।