Jamuna Gurung, NRNA ICC Member

जमुना गुरुङद्धारा प्रेस मिटको आयोजना

Hollywood Khabar October 10,2017 Comments

कृष्ण  के सी/काठमाण्डौ
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय अधिवेशन काठमाण्डौमा यही अक्टोवर १४-१७, २०१७ मा हुँदैछ। सो अधिवेशनले २०१७-२०१९ कार्यकालका लागि नयाँ नेतृत्व समेत् निर्वाचित गर्नेछ।
यसै क्रममा बिभिन्न नेतृत्वको लागि विभिन्न व्यक्तिहरु आकांक्षी देखिनुभएको छ। विगत केही समय देखि संघको वर्तमान अन्तराष्ट्रिय कोअर्डिनेशन काउन्सिल (ICC) सदस्य जमुना गुरुङको नाम अध्यक्षमा प्रत्यासी रहने कुरा चर्चामा आएको थियो र अझै छ। यसै सिलसिलामा जमुना गुरुङले गत केही दिन देखि संघका अग्रजहरु, विभिन्न देशका डेलिगेट्स तथा सम्बद्ध पक्षसंग भेटघाट समेत तिब्र पार्नु भएको थियो।
गुरुङका निकट श्रोतका अनुसार उहाँले संघमा गरेको आफ्नो कामको अनुभव, संघका भिभिन्न गतिबिधिहरु र डेलिगेट्स तथा अग्रज र अभियन्ताहरुसंग भएको कुराकानी समेतलाइ सबै समक्ष राख्नको लागि अक्टोवर १२, २०१७ मा होटल -याडिशन लाजिम्पाटमा ११:३० बजे सबै शुभचिन्तक माझ एक प्रेस भेटघाट कार्यक्रमको आयोजना गर्नुहुने खबर प्राप्त भएको छ।
सो प्रेस भेटघाटमा आइसीसी सदस्य जमुना गुरुङले सम्पूर्ण पत्रकारज्यूहरु, अधिवेशनका लागि उपस्थित बिभिन्न देशबाट आउनु भएका सम्पूर्ण प्रतिनिधिज्यूहरू तथा संघका अग्रज, अभियन्ता तथा आफ्ना सहयोगी, शुभचिन्तकज्यू सबैलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ। अध्यक्ष पदको आकांक्षी हुने या नहुने भन्ने जमुना गुरूङ प्रतिको आम चासोको बिषय यस बहुप्रतिक्षित संबोधन मार्फत साम्य हुने अनुमान गरिएको छ ।