जमुना गुरुङको उत्तर अमेरिका भ्रमण र अध्यक्षमा उम्मेदवारी घोषणा तयारी

Hollywood Khabar September 18,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको आगामी २०१७-२०१९ कार्यकालको लागि नयाँ नेतृत्वलाइ लिएर ब्यापक रुपमा चर्चा चलेको छ। आगामी अक्टोवर महिनाको १४-१७ सम्म काठमाण्डौमा हुने आठौँ विश्व अधिवेशन तथा साधारण सभाबाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत निर्वाचित हुनेछ।
यसै बीच वर्तमान आइसी सदस्य जमुना गुरुङको नाम आगामी अध्यक्षका लागि प्रत्यासीको रुपमा आएको छ। उसो त डा शेष घलेको दुइ कार्यकाल अर्थात ४ बर्षको समयमा अध्यक्ष डा घले जत्तिकै समय संघको काममा बिताएकी गुरुङ संघको हरेक बिषयमा अनुभवी साथै सक्षम व्यक्ति पनि मानिनुहुन्छ।
हालै उत्तर अमेरिकाको क्यानाडा र अमेरिकाको भ्रमणमा रहनु भएका अध्यक्ष डा शेष घले र आइसीसी सदस्य जमुना गुरुङको यो भ्रमण अत्यन्तै उपलब्धिमुलक भएको मानिएको छ। उसो त डा घलेका थुप्रै शुभचिन्तक र समर्थक छन् अमेरिकामा। वास्तवमै भन्नुपर्दा जमुना गुरुङका लागि सबैभन्दा ठूलो समर्थक र शुभचिन्तकहरु नै अमेरिकाबाट छन्। यो नै आगामी उम्मेदवारीका लागि उर्जाको कारण मानिन्छ।
हरेक कुराको योजना र त्यसको कार्यन्वयनमा कटिबद्ध गुरुङ अनुगमन र मुल्यांकनमा पनि तेत्ति नै बिग्य हुनुहुन्छ। एउटा सफल व्यक्ति या ब्यबसायी अथवा सामाजिक संस्था नै किन नहोस् योजना, कार्यान्वयन, अनुगमन र मुल्यांकनले ठूलो हात राखेको हुन्छ। डा शेष घलेले पस्केको NRNA Vision 2020 & Beyond पनि यस्तै फ्रेममा छ।
सबै तिरको अवस्था र स्थिति हेर्नमा पर्खेका घले जोडीले हप्त्ता एक या त्यो भन्दा अगाडि नै समय मिलाएर जमुना गुरुङको अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कुरा उहाँका निकटमहरु बताउँछन्। अब साँच्चै नै अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने हो भन्ने प्रश्नमा हाँस्दै डिप्लोम्याटिक जवाफ दिनुहुने गुरुङले यसै हप्ता नै अमेरिकाबाट उम्मेदवारी घोषणा गर्नुहुने अनुमान गरिएको थियो। अब भने त्यो पर्खाइको समय छिट्टै समाप्त हुने कुरामा उहाँका समर्थकहरु विश्वस्त छन्।
जमुना गुरुङ अष्ट्रेलियामा एक सफल ब्यबसायी हुनुहुन्छ। Melbourne Institute of Technology को लागि कार्यकारी निर्देशक र को-फाउण्डर पनि हुनुहुन्छ गुरुङ। नेपालमा जन्मेर हुर्किएर सन् १९९१ मा अष्ट्रेलियामा अध्ययनका लागि जानु भएकी गुरुङले अष्ट्रेलियाको Swinburne University of Technology बाट Business र Marketing Management को अध्ययन हासिल गर्नुभएको छ। ब्यबसाय बाहेक उहाँहरुको सामाजिक सेवा गर्न सुरु गरिएको एमआइटी फाउण्डेशन समेत छ। यसबाहेक थुप्रै सामाजिक सँस्थाहरुमा समेत सहभागी गुरुङ गैर आवासिय नेपाली संघमा पनि उत्तिकै सकृय हुनुहुन्छ।
आगामी निर्वाचनमा उहाँलाई संघको अध्यक्षको रुपमा हेर्न लालायित उहाँका समर्थक र शुभचिन्तकहरुले उचित चाँजो-पाँजो मिलाउँदै रहेको कुरा पनि बताइएको छ।